मुख्य समाचार
लघुवित्त पीडितहरूले आज पनि काठमाडौँमा प्रदर्शन
लघुवित्त पीडितहरूले आज पनि काठमाडौँमा प्रदर्शन

। लघुवित्त पीडितहरूले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । पीडितहरूले आज काठमाडौंको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले लघुवित्तको कर्जा खारेज गर्नुपर्ने, ब्याज मिनाहा गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गर्दै आएका छन् ।

देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

उनीहरूले यसअघि माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराए थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकले आन्दोलन जारी राखिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न नभनेको स्पष्ट गर्दै केही स्थानमा सेवा सञ्चालन भइरहेको र स्वास्थ्य सेवा निरन्तर प्रवाह हुनुपर्नेमा जोड दिए । मन्त्रालयले ...
। प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेले निर्वाचन आयोगले राजनीतिक दल, नागरिक समाज, मतदाता तथा अन्य सरोकारवालासँग सहकार्य र सहमतिका आधारमा काम गर्नुपर्ने बताएका छन्। मंगलबारको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना तथा प्रतिबद्धता प्रस्तुत गर्दै उनले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताएका हुन्। संसदीय सुनुवाइका क्रममा प्रस्तुत गरिएको प्रतिबद्धतापत्रमा वाग्लेले ...
। भारतमा इन्डो-नेपाल कनेक्टिभिटीतर्फ थप एक महत्त्वाकांक्षी परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ । भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार सुनौली-गोरखपुर सडकखण्ड अहिले चार लेनको द्रुतमार्गमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ । भारतीय सञ्चारमाध्यमहरूले यस आयोजनाबाट नेपाल र भारतबीचको यात्रा सहज, सुरक्षित र तीव्र हुने बताएका छन् । प्राधिकरणका अनुसार सुनौली-गोरखपुर एक्स्प्रेस वेको लम्बाइ ७९.५४ किलोमिटर छ । यसकाे ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राजनीतिक दलहरूले केन्द्रीय समितिमा कतिसम्म मनोनीत गर्न पाउने हो ? भनेर प्रश्न गरेका छन् । प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको सुनुवाइको क्रममा उनले यस्तो प्रश्न गरेका हुन् । ‘दलको स्वायत्तताको कुरा छ । तर कतिपय दलको महाधिवेशन पनि गर्छ । अनि सभापति वा पार्टी नेतृत्वलाई एक तिहाइ केन्द्रीय ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति ध्यानाकर्षण गराउँदै थापाले नागरिकको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मीमाथि आफ्नै कार्यस्थलमा हुने दुर्व्यवहार र भौतिक आक्रमण कुनै पनि सभ्य समाजमा ...