मुख्य समाचार
निर्वाचन आयोगलाई सरकारको ‘लाचार छाया’ बनाउन नहुने बताए
निर्वाचन आयोगलाई सरकारको ‘लाचार छाया’ बनाउन नहुने बताए

। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको ‘लाचार छाया’ बनाउन नहुने बताएका छन् ।

मंगलबार संसदीय सुनुवाइ समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै नेता केसीले आयोगलाई एक निष्पक्ष र स्वायत्त संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सांसद केसीले लोकतन्त्रको सुदृढीकरणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्तै निर्वाचन आयोगको भुमिका पनि निर्णायक हुने उल्लेख गरे ।

‘लोकतान्त्रिक विश्वले अर्को संरक्षक संस्थाका रूपमा स्वतन्त्र निर्वाचन आयोगलाई महत्वपूर्ण अङ्ग मान्छ । जहाँ निर्वाचन आयोगले स्वतन्त्र रूपमा निर्णय गर्छ र जनताको वास्तविक जनादेशलाई प्रतिनिधित्व गर्ने अवसर र वातावरण सुनिश्चित हुन्छ,’ उनले भने, ‘त्यहीँ मात्र लोकतन्त्र बलियो हुन्छ भन्ने लोकतान्त्रिक सिद्धान्तको आधारभूत मान्यता हो । हामीले जतिसुकै कुरा गरे पनि विगतमा राजनीतिक पूर्वाग्रह थिएन भन्न सकिँदैन र अहिले पनि त्यसबाट पूर्ण रूपमा मुक्त छौं भन्न सकिँदैन । लोकतन्त्र संस्था र मूल्य–मान्यताले चल्छ, कुनै व्यक्ति विशेषले चलाउने होइन ।’


छिमेकी मुलुक भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त टी.एन. शेषनको उदाहरण दिँदै नेपालका आयुक्तहरूमा पनि त्यस्तै साहसिक कार्यक्षमता हुनुपर्ने उनले बताए । संवैधानिक निकायहरूमा हुने राजनीतिक नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केसीले नेपालमा भागबन्डाका आधारमा नियुक्ति हुने गरेको टिप्पणी गरे ।

‘अहिलेको परिवर्तनसँगै हरेक क्षेत्रमा केही नयाँ सुधार आउनुपर्छ भन्ने मेरो धारणा हो । अहिले हाम्रा इन्स्टिच्युसन्सहरू जुन जुन भ्यालुज सिस्टमले डेमोक्रेसी चल्छ हाम्रा संवैधानिक संस्थाहरू हिजो पनि त्यस्तै थिए आज पनि त्यस्तै छन्,’ उनले भने, ‘हिजो पनि सरकारको लाचार छाया थिए अहिले पनि लाचार छाया छन्। हिजो सरकारले नगर भनेपछि भ्रष्टाचारलाई कारबाही गर्न रोके अहिले थुन्नुपर्ने भो तर थुन्ने कुरा त संवैधानिक संस्थाको कुनै पनि अङ्गलाई त्रसित गर्ने कुरा त डेमोक्रेसीभित्र पर्दैनन् त्यस्तो पनि भइराछ ।’

सांसद केसीले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार र निर्वाचन आयोग गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति ध्यानाकर्षण गराउँदै थापाले नागरिकको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मीमाथि आफ्नै कार्यस्थलमा हुने दुर्व्यवहार र भौतिक आक्रमण कुनै पनि सभ्य समाजमा ...
। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको १०–११ साउनमा बसेको छैठौं बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीन दिने आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रशिक्षण १५–१७ साउनसम्म प्रशिक्षण सञ्चालन हुने छ । प्रशिक्षणमा इच्छुकहरू मध्येबाट चुनिएका ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा नेपाल र रुसबीच व्यापार तथा आर्थिक सम्बन्ध थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच व्यापार तथा ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नोटा, राइट टु रिकल, अन्तर जिल्ला र बिदेशबाट मतदानबारे प्रष्टता खोजेका छन । प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको सुनुवाइको क्रममा उनले यसबारे प्रष्टता खोजेका हुन । ‘यो सकिन्छ, यसैपटक सकिन्छ भनेर प्रष्ट आएन,’ पुनाले भने, ‘विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सकिन्छ भन्ने आयो । तर कसरी ? प्रश्न ...
। जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार दिउँसो एक आदेश जारी गरी अहिले दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । ‘..स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) ...