मुख्य समाचार
क्रिस्टियानो रोनाल्डोले हलिउडमा आफ्नो पहिलो ड्रामा शृंखलाको तयारी
क्रिस्टियानो रोनाल्डोले हलिउडमा आफ्नो पहिलो ड्रामा शृंखलाको तयारी

विश्वकपमा निराशाजनक प्रदर्शनपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हलिउडमा आफ्नो पहिलो ड्रामा शृंखलाको तयारी गरिरहेको बताइएको छ ।

द सनका अनुसार रोनाल्डोले ‘किङ्सम्यान’ निर्देशक म्याथ्यु वनसँग मिलेर बेलायतका एक फुटबल एजेन्टको कथामा आधारित शृंखला निर्माण गरिरहेका छन् । ‘डे वन्स’ नाम दिइएको शृंखलामा डेमियन लुइस मुख्य भूमिकामा देखिनेछन् भने खेल क्षेत्रका थुप्रै चर्चित अनुहार पनि सहभागी हुने बताइएको छ ।
फुटबल एजेन्ट ड्यारेन डिनको मौलिक अवधारणामा बन्न लागेको शृंखलाको छायांकन लन्डनमा सुरु भइसकेको रिपोर्टमा उल्लेख छ । यसले स्ट्यान्ली डाल्टन नामक एक काल्पनिक फुटबल एजेन्टको कथा प्रस्तुत गर्नेछ ।

शृंखलामा पूर्वफुटबलर थियरी हेनरी र र्‍यापर डेभ पनि देखिने बताइएको छ । ‘डे वन्स’लाई ब्राजिलको ग्लोबोका लागि हालै निर्माण गरिएको फुटबल एजेन्टसम्बन्धी शृंखला ‘द प्लेअफ्स’सँग तुलना गरिएको छ । उक्त शृंखलामा काउआ रेमन्डले अभिनय गरेका थिए ।


रोनाल्डोले ‘डे वन्स’मा अभिनय गर्नुका साथै कार्यकारी निर्माताको जिम्मेवारी पनि सम्हाल्नेछन् । यो रोनाल्डो र वनको योर मार्भ स्टुडियोजबाट सार्वजनिक हुन लागेको पहिलो शृंखला हो । म्याथ्यु वनको मार्भ स्टुडियोज अन्तर्गतको यस कम्पनीबारे गत वर्ष पहिलोपटक जानकारी सार्वजनिक गरिएको थियो ।

कम्पनी स्थापना गर्दा जारी गरिएको वक्तव्यअनुसार संयुक्त उद्यममा सञ्चालित फिल्म स्टुडियोले खेलकुदसम्बन्धी दुई फिल्म निर्माण गरिसकेको छ । स्टुडियोले परम्परालाई सम्मान गर्दै नवीन प्रविधि अपनाउने जनाएको थियो । डेडलाइनले बुझेअनुसार ‘डे वन्स’लाई योर मार्भले स्वतन्त्र रूपमा आर्थिक लगानी गर्नेछ ।

वनका फिल्ममा ‘लक, स्टक एन्ड टु स्मोकिङ ब्यारेल्स’, ‘लेयर केक’, ‘एक्स-मेनः फस्र्ट क्लास’ र ‘किङ्सम्यान’ शृंखला समावेश छन् ।

रोनाल्डो अहिले साउदी अरबको क्लब अल-नासरबाट फुटबल खेलिरहेका छन् । ४१ वर्षीय रोनाल्डोले अब भविष्यका योजनातर्फ पनि ध्यान दिन थालेका छन् । उनको पोर्चुगल टोली विश्वकपको अन्तिम १६ मा पछि उपाधि जितेको स्पेनसँग पराजित हुँदै बाहिरिएको थियो । त्यससँगै रोनाल्डोको विश्वकप यात्रा पनि अन्त्य भएको थियो ।

सर्वकालीन महान् फुटबल खेलाडीमध्ये एक मानिने रोनाल्डोले आफ्नो चर्चित खेल जीवनको अधिकांश समय रियल मड्रिड र म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम