मुख्य समाचार
काभा पुरुष भलिबल लिगमा नेपालले खेलेको सबै ६ खेलमा पराजित हुँदै अन्तिम भएको छ
काभा पुरुष भलिबल लिगमा नेपालले खेलेको सबै ६ खेलमा पराजित हुँदै अन्तिम भएको छ

। पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल लिगमा नेपालले खेलेको सबै ६ खेलमा पराजित हुँदै अन्तिम भएको छ ।

लिग चरणमा जितविहीन बनेको नेपाल मंगलबार पाँचौ स्थानको लागि भएको खेलमा कजाखस्तानसँग सोजो सेटमा पराजित भएको हो । यो हारपछि ६ टोली सहभागि प्रतियोगितामा नेपाल जितविहिन रहँदै अन्तिम स्थानमा रह्यो ।

इस्लामावादस्थित लियाकत लियाकत जिम्न्यासियममा भएको खेलमा कजाखस्तानले पहिलो सेट सहजै २५-१८ ले आफ्नो पक्षमा पारेको हो । प्रतिस्पर्धात्मक दोस्रो सेट कजाखस्तानले टाईब्रेकरमा २७-२५ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट पनि कजाखस्तानले २५-२० ले आफ्नो पक्षमा पार्दै पाँचौं स्थान हात पारेको हो ।

लिग चरणको पहिलो खेलमै कजाखस्तान विरुद्ध नेपालले दुई सेट गुमाएपनि सानदार पुनरागमन गरेको थियो तर निर्णायक सेटमा पराजित भएको थियो । पाँचौ स्थानको प्लेअफमा कजाखस्तान विरुद्ध बदला लिँदै सुखद रुपमा प्रतियोगिता समाप्त गर्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।


नेपालले लिग चरणमा ५ खेल खेल्दा ३ खेल पाँच सेटमा पुगेर पारजित भएकोले ३ अंक जोड्न सफल भएको थियो ।

कजाखस्तानसहित श्रीलंका र बंगलादेशसँग नेपाल पाँचौ सेटमा पुगेर पराजित भएको थियो भने पाकिस्तान र उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो ।

एफआईभीबीको विश्व वरियता मान्यता प्राप्त प्रतियोगिता भएकोले नेपालले यस प्रतियोगिताबाट एफआईभिबीको वरियतामा समावेश हुने अवसर पाएपनि सेमिफाइनल पुग्न असफल भएपछि पदक जित्ने लक्ष्य भने पूरा हुन सकेन ।

प्रतियोगितामा पाकिस्तान, उज्वेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल पुगेका छन् ।

मंगलबारै उज्वेकिस्तान र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीच सेमिफाइनल खेल हुनेछ । फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम