मुख्य समाचार
संसद् बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको दाबी
संसद् बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको दाबी

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसद् बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको दाबी गरेकी छिन् ।

मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामो समयसम्म सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो कार्यक्षेत्र र मतदातासँग प्रत्यक्ष संवाद गर्नबाट बञ्चित भएको तथा सदनको उपस्थितिमा समेत केही शिथिलता देखिएकाले दुई हप्ताको विश्राम दिइएको बताइन् ।

आगामी बैठकबाट सदनलाई अझ बढी प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सामान्य छलफल भएको धितालको भनाइ छ ।

‘सरकारले धेरै विधेयकहरू ल्याउने तयारी गरिरहेको छ, जसका कारण हाम्रो व्यस्तता अझ बढ्ने देखिएको छ । ती विधेयकहरू हालसम्म वेबसाइटमा अपलोड भइनसके पनि सरकार ल्याउने तयारीमा छ । हामी संसदीय अभ्यासमा कतिपय कुराहरू नयाँ छौं,’ उनले भनिन्, ‘पुराना खराब अभ्यासहरूलाई छोडेर नयाँ र सकारात्मक पद्धति अवलम्बन गर्ने क्रममा केही त्रुटिहरू देखिएका हुन सक्छन् । ती विषयमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर संवाद भइरहेको छ ।’


सदनमा देखिएको असमझदारी अन्त्य गर्न गम्भीर छलफल भइरहेको र आगामी केही दिनभित्रै सहमति जुट्नेमा उनले विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पेट्रोलियम पदार्थको मूल्य घटेको झन्डै एक महिना बित्दै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् । नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । तर, बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले भने अहिलेसम्म पनि भाडा समायोजन ...
। लघुवित्त पीडितहरूले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । पीडितहरूले आज काठमाडौंको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् । उनीहरूले लघुवित्तको कर्जा खारेज गर्नुपर्ने, ब्याज मिनाहा गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गर्दै आएका छन् । देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । उनीहरूले यसअघि माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै ...
। नेपाली कांग्रेसको संशोधित विधानमा केन्द्रीय विभागसम्बन्धी व्यवस्था परिवर्तन भएको छ । कांग्रेसले विशेष महाधिवेशनबाट विधान संशोधन गरेर केन्द्रीय विभागसम्बन्धी व्यवस्था परिवर्तन गरेको हो । संशोधित विधानमा ‘केन्द्रमा तोकिएबमोजिमका केन्द्रीय विभागहरूको गठन हुने’ व्यवस्था गरिएको छ । ‘केन्द्रमा तोकिएबमोजिमका केन्द्रीय विभागहरूको गठन हुनेछ,’ संशोधित विधानको धारा ३७ (१) (क) मा भनिएको छ । यससँगै विधानमा उल्लेख गरिएको ...
। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको ‘लाचार छाया’ बनाउन नहुने बताएका छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै नेता केसीले आयोगलाई एक निष्पक्ष र स्वायत्त संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । सांसद केसीले लोकतन्त्रको सुदृढीकरणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ...
। राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अभिकारको उपभोगमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । नारायाणी अस्पताल वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज देशभर स्वास्थ्य सेवा ठप्प पारेका छन् । आयोगले यसबारे स्थलगत अनुगमन गरेको सहसचिव एवं प्रवक्ता डा. ...