मुख्य समाचार
भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका कपडा र मोटरसाइकलसहित तीन जना पक्राउ
भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका कपडा र मोटरसाइकलसहित तीन जना पक्राउ

। सप्तरीमा भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका कपडा र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरी चौकी पातो र प्रहरी चौकी तरहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ३ बजे डाक्नेश्वरी नगरपालिका-३ स्थित तरही सडक खण्डमा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतको लौकहीबाट तरहीतर्फ आउँदै गरेका मधेश प्रदेश ०६-००१-५१२७४ नम्बरको बजाज पल्सर मोटरसाइकल चालक २२ वर्षीय अख्तर र सोही मोटरसाइकलमा सवार १९ वर्षीय अमित कुमार रायलाई शंका लागी जाँच गर्दा रातो बोराभित्र विभिन्न किसिमका लत्ताकपडा फेला परेको थियो।

त्यसैगरी बीआर१४ई ०४३९ नम्बरको हिरो एचएफ डिलक्स मोटरसाइकल चालक २५ वर्षीय मोहम्मद इजरायलले मोटरसाइकलमा बाँधिएको सेतो बोराबाट पनि अवैध रूपमा ल्याइएका लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।


उक्त बरामद लत्ताकपडा, दुई वटा मोटरसाइकल र तीनै जनाको कुल मूल्य करिब रु. ३ लाख ६९ हजार ६ सय रहेको सप्तरी प्रहरीले जनाएको छ।

बरामद सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको ‘लाचार छाया’ बनाउन नहुने बताएका छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै नेता केसीले आयोगलाई एक निष्पक्ष र स्वायत्त संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । सांसद केसीले लोकतन्त्रको सुदृढीकरणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ...
। राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अभिकारको उपभोगमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । नारायाणी अस्पताल वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज देशभर स्वास्थ्य सेवा ठप्प पारेका छन् । आयोगले यसबारे स्थलगत अनुगमन गरेको सहसचिव एवं प्रवक्ता डा. ...
। नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचनलाई निष्पक्ष र ‘धाँधली’रहित बनाउनु नै निर्वाचन आयोगको प्रमुख चुनौती रहेको बताएकी छिन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै उनले कानुन पृष्ठभूमि र विगतमा निर्वाचन अधिकृतका रूपमा सँगालेको अनुभव सकारात्मक पक्ष भएपनि कार्ययोजनामा नयाँ विषयहरूको कार्यान्वयनको ठोस ...
। सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले उक्त ऐनविरुद्ध रिट दर्ता गराएका हुन् । संशोधित व्यवस्थाले गर्दा टेण्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना निकाल्नुपर्ने व्यवस्था हटेको, जसका कारण मिडियाहरू आर्थिक संकटमा पर्नसक्ने लगायतका जिकिर गर्दै उनीहरूले रिट दर्ता गराएका हुन् । उक्त रिटले कानुनी व्यवस्थामाथि प्रश्न ...
। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले निर्वाचनका समयमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार संघीय संसदको संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा बोल्दै सांसद खत्रीले निर्वाचन आयोगको कार्यक्षमता, सुरक्षा तटस्थता र निर्वाचन सुधारका विविध पक्षमा प्रश्न उठाएका हुन् । निर्वाचनका समयमा अग्रपंक्तिमा खटिने ...