मुख्य समाचार
केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित
केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित

। केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित भएको छ ।

काब्रालले राउण्ड अफ ३२ अन्तर्गत खेलमा साविक विजेता अर्जेन्टिना विरुद्ध गरेको सानदार गोल विश्वकपको गोल अफ दी टुर्नामेन्ट (उत्कृष्ट गोल) चुनिएको हो ।

विश्वभरका फुटबल प्रशंसकहरूले दिएको मत र फिफाको प्राविधिक अध्ययन समूहको मूल्याङ्कनका आधारमा काब्रालको उक्त गोललाई प्रतियोगिताको सर्वोत्कृष्ट गोल घोषित गरिएको फिफाले जनाएको छ ।

काब्रालले उज्वेकिस्तानका एल्डोर शोमुरोडोभ र हाइटीका विल्सन इसिडोरको गोललाई पछि पारेका हुन् । एल्डरको गोल दोस्रो र इसिडोरको गोल तेस्रो स्थानमा रहेको फिफाले जनाएको छ ।


अर्जेन्टिनाले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेलाई पराजित गर्न संघर्ष गर्नुपरेको खेलमा काब्रालको गोलको निकै चर्चा भएको थियो । उक्त खेल अर्जेन्टिनाले अतिरिक्त समयम ३-२ जितेको थियो ।

तर खेलको सबैभन्दा रोमाञ्चक क्षण काब्रालको गोल नै थियो । केप भर्डे २-१ ले पछि परेको अवस्थामा काब्रालले अतिरिक्त समयमा १०३औं अर्जेन्टिना विरुद्ध उत्कृष्ट गोल गरेका थिए ।

काब्रालले म्याक एलिस्टरलाई छलाउँदै पेनाल्टी बक्सको एजबाट टप कर्नरमा प्रहार गरेको भलिबल सिधै गोलमा परिणत भएको थियो । अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले उक्त प्रहारलाई रोक्ने कुनै मौका नै पाएनन् ।

उनको गोल उत्कृष्ट मात्र नभई अर्जेन्टिना विरुद्ध महत्वपूर्ण समयमा भएको गोल समेत थियो । जुन गोलले केप भर्डेले खेल बराबरी गरेको थियो । तर आत्मघाती गोलमा केप भर्डे अतिरिक्त समयमा पराजित हुँदै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप २०२६ को आलोचना गर्नेप्रति कडा प्रहार गर्दै उनीहरूले झूटो अफवाहसँगै घृणा फैलाएको आरोप लगाएका छन् । उनले प्रतियोगिता सफल रहेको दाबी गर्दै यो एकता, सुरक्षा र समावेशिताको उत्सवमा परिणत भएको पनि बताए । उनले फिफाको आधिकारिक सामाजिक सञ्जालमा सोमबार एक खुलापत्र लेखेका हुन् । यसक्रममा ५६ वर्षीय इन्फान्टिनोले ...
: आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ। नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबीयाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो। नामिबियाले दिएको २१२ रनको विजय लक्ष्य पछाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्रै ...
। काभा पुरुष भलिबल च्याम्पियनसिपमा लिग चरणका सबै खेलमा पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा भइरहेको च्याम्पियनसिपअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो । नेपालले लिग चरणका सबै पाँच खेलमा नै पराजित हुन पुग्यो । तीन खेलमा ...
। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ । पोखरा सोमबार शकिबलाई तेस्रो सिजनको एनपीएलका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको अनुभव, नेतृत्व ...
। पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अन्तिम लिग खेल सोमबार उज्वेकिस्तानसँग खेल्दैछ । इस्लामावादस्थित लियाकत जिम्न्यासियममा खेल नेपाली समय अन्सार विहान ११:१५ बजे सुरु हुनेछ । अहिलेसम्म खेलेको चार वटै खेलमा पराजित भएको नेपाल अझै पहिलो जितको खोजीमा छ । उज्वेकिस्तानले भने चार मध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ...