मुख्य समाचार
केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित
केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित

। केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित भएको छ ।

काब्रालले राउण्ड अफ ३२ अन्तर्गत खेलमा साविक विजेता अर्जेन्टिना विरुद्ध गरेको सानदार गोल विश्वकपको गोल अफ दी टुर्नामेन्ट (उत्कृष्ट गोल) चुनिएको हो ।

विश्वभरका फुटबल प्रशंसकहरूले दिएको मत र फिफाको प्राविधिक अध्ययन समूहको मूल्याङ्कनका आधारमा काब्रालको उक्त गोललाई प्रतियोगिताको सर्वोत्कृष्ट गोल घोषित गरिएको फिफाले जनाएको छ ।

काब्रालले उज्वेकिस्तानका एल्डोर शोमुरोडोभ र हाइटीका विल्सन इसिडोरको गोललाई पछि पारेका हुन् । एल्डरको गोल दोस्रो र इसिडोरको गोल तेस्रो स्थानमा रहेको फिफाले जनाएको छ ।


अर्जेन्टिनाले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेलाई पराजित गर्न संघर्ष गर्नुपरेको खेलमा काब्रालको गोलको निकै चर्चा भएको थियो । उक्त खेल अर्जेन्टिनाले अतिरिक्त समयम ३-२ जितेको थियो ।

तर खेलको सबैभन्दा रोमाञ्चक क्षण काब्रालको गोल नै थियो । केप भर्डे २-१ ले पछि परेको अवस्थामा काब्रालले अतिरिक्त समयमा १०३औं अर्जेन्टिना विरुद्ध उत्कृष्ट गोल गरेका थिए ।

काब्रालले म्याक एलिस्टरलाई छलाउँदै पेनाल्टी बक्सको एजबाट टप कर्नरमा प्रहार गरेको भलिबल सिधै गोलमा परिणत भएको थियो । अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले उक्त प्रहारलाई रोक्ने कुनै मौका नै पाएनन् ।

उनको गोल उत्कृष्ट मात्र नभई अर्जेन्टिना विरुद्ध महत्वपूर्ण समयमा भएको गोल समेत थियो । जुन गोलले केप भर्डेले खेल बराबरी गरेको थियो । तर आत्मघाती गोलमा केप भर्डे अतिरिक्त समयमा पराजित हुँदै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम