— अर्थमन्त्री स्वर्णिम वाग्लेले आज आज तीन दर्जन उद्योगपतिलाई भेट्न लागेका छन् । उद्योग क्षेत्रका समस्या पहिचान र समाधानका उपाए खोज्ने उद्देश्यले अर्थमन्त्री वाग्लेले उद्योगपतिहरुसँग भेट्न लागेका हुन् ।
दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने भेटघाटलाई ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ भनिएको छ । उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका उद्योगपतिहरु छलफलमा सहभागी हुदैछन् ।
छलफलमा अर्थमन्त्री, अर्थसचिव घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू पनि सहभागी हुनु हुने बताएको छ ।