मुख्य समाचार
कप्तानगन्ज घटनापछि गृह मन्त्रालयले बिदामा बसेका सुनसरीका दुईजना प्रहरी प्रमुख फिर्ता
कप्तानगन्ज घटनापछि गृह मन्त्रालयले बिदामा बसेका सुनसरीका दुईजना प्रहरी प्रमुख फिर्ता

: कप्तानगन्ज घटनापछि गृह मन्त्रालयले बिदामा बसेका सुनसरीका दुईजना प्रहरी प्रमुख फिर्ता भएका छन्। गृह मन्त्रालयले बाबु बिरामी भएर ४ दिनको बिदा बसेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव कुमार थेबेलाई फिर्ता गरेको छ। गृहले थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ।

त्यस्तै सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा कार्यालयको काममा काजमा गएका ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीलाई पनि प्रधान कार्यालय हलचोक फिर्ता गरिएको छ। कार्कीको स्थानमा प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ।

गृहले सुनसरीका जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई गृह मन्त्रालय तानेर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ।

त्यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलको बोडर आउट पोस्ट कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाउने निर्णय गरिएको छ। गृह मन्त्रालयले सरुवा गर्ने निर्णय गरेको भए पनि आधिकारिक पत्र सम्बन्धित कार्यालयमा पठाई नसकेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कार्यसमन्वय समिति सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्रीका दाबेदार गंगानारायण श्रेष्ठले प्रदेश सरकारको नेतृत्व बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन्। बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपाको भागमा मुख्यमन्त्री नपरेपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टी संयोजक प्रचण्डसँग नेतृत्व बाँडफाँटको आधारबारे स्पष्ट पार्न माग गरेका हुन्। 'प्रदेश सरकारको नेतृत्व कुन आधारमा बाँडफाँट गरियो? त्यसको जवाफ ...
। पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ...
। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ । सोमबार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका उपकरण बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भएर सडकबाट चिप्लिएर नालातर्फ भित्तामा घस्रिएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण ट्रकको ...
। मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुख्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द छ । पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ । पहिरो पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरु रोकिएका छन् । सडक डिभिजिन ...
। मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी-२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज-१६ निवासी हुन् र श्रीमान्/श्रीमती दुवै जना गत ...