मुख्य समाचार
आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित

: आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ।

नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबीयाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो।

नामिबियाले दिएको २१२ रनको विजय लक्ष्य पछाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्रै जोड्न सक्यो।

अन्तिम ओभरमा नेपाललाई जितको लागि १७ रन चाहिन्थ्यो। अन्तिम ओभरमा नामिबियाको लागि कप्तान गेहराड इरास्मस आफै आए। अन्तिम ओभरको पहिलो बल लेग बाइ हुँदै २ रन दोस्रो बलमा १ रन तेस्रो बल चौका चौथो र पाँचौँ बलमा २/२ रन अन्तिम बलमा जित्नको लागि नेपाललाई छक्का चाहिन्थ्यो। अन्तिम बलको रूपमा फालिएको बल वाइड भयो। आधिकारिक अन्तिम बलमा गुल्सन झाले १ रन लिँदा १३ रन मात्रै नेपालले जोड्न सक्यो। जसको फलस्वरूप नेपाल नामिबियासँग ३ रनले पराजित भयो।

नेपालको लागि गुल्सन झा १९ र आरिफ शेख ३८ रनमा अविजित रहे। जितका लागि अन्तिम ओभरमा यी दुई ब्याटरले गरेको प्रयास पर्याप्त भने रहेन।

नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ४५ रन बनाए। उनले ८९ रन खेलेर ४ चौका प्रहार गर्दै ४५ रन बनाएका हुन्। अर्का ओपनर कुशल भुर्तेलले ३४ रन बनाए। पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ५१ रनको साझेदारी बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। दोस्रो विकेटका रूपमा वान डाउनमा आएका स्थान पाण्डेको विकेट गए उनले १४ रन बनाउँदै पेभिलियन फर्किए। आजको खेलमा मौका पाएका भीम सार्की खाता खोल्ने बित्तिकै क्याच आउट हुँदै पेभेलियन फर्किए। उपकप्तान दिपेन्द्र सिंह ऐरी ३ रनमा रनआउट भए। कप्तान रोहित पौडेलले ४१ रन बनाए। उनले छैंटौं विकेटका लागि आरिफ शेख सँग ६५ रनको साझेदारी बनाउँदै इनिङ्स उकासे।

नामिबियाको लागि बलिङतर्फ ज्याक ब्रासेलले सर्वाधिक ३ विकेट लिए ।रुबेन ट्रम्पलमेनले २ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेकोनामिबियाको लागि जान फ्राइलिंकले सर्वाधिक १०० रनको शतकीय पारी खेले। उनले १४९ बलमा ३ चौका प्रहार गरे। उनले तेस्रो विकेटको लागि लोरेनसँग १३१ रनको शतकीय साझेदारी बनाउँदै खेलको लय सम्हालेका थिए। ओपनर ब्याटर माइकल भान लिंगेन ५ रनमै सोमपाल कामीको बलमा बोल्ड भएका थिए। अर्का ओपनर मलान कुर्गेर पनि करण केसीको बलमा १५ रन बनाउँदै क्याच भए।

लोरेन स्टिनकाम्पले ५९ रन बनाए । कप्तान गेरहार्ड इरास्मस ३ रनमै पेभेलियन फर्किए। जेजे स्मिथ ३ रनमा क्याच भए। जेन ग्रिन ६ रनमा अन्तिम बलमा करण केसीको बलमा गुल्सन झाको हातमा क्याच भए। जान निकोल लोफ्टी इटोन १० रनमा अविजित रहेका थिए।

नेपालको लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। सोमपाल कामीले १ विकेट लिए।

झारी श्रृंखलाको पहिलो खेलमा नेपालले नामीबियासँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको हो।

facebook sharing button

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम