मुख्य समाचार
आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित

: आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ।

नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबीयाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो।

नामिबियाले दिएको २१२ रनको विजय लक्ष्य पछाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्रै जोड्न सक्यो।

अन्तिम ओभरमा नेपाललाई जितको लागि १७ रन चाहिन्थ्यो। अन्तिम ओभरमा नामिबियाको लागि कप्तान गेहराड इरास्मस आफै आए। अन्तिम ओभरको पहिलो बल लेग बाइ हुँदै २ रन दोस्रो बलमा १ रन तेस्रो बल चौका चौथो र पाँचौँ बलमा २/२ रन अन्तिम बलमा जित्नको लागि नेपाललाई छक्का चाहिन्थ्यो। अन्तिम बलको रूपमा फालिएको बल वाइड भयो। आधिकारिक अन्तिम बलमा गुल्सन झाले १ रन लिँदा १३ रन मात्रै नेपालले जोड्न सक्यो। जसको फलस्वरूप नेपाल नामिबियासँग ३ रनले पराजित भयो।

नेपालको लागि गुल्सन झा १९ र आरिफ शेख ३८ रनमा अविजित रहे। जितका लागि अन्तिम ओभरमा यी दुई ब्याटरले गरेको प्रयास पर्याप्त भने रहेन।

नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ४५ रन बनाए। उनले ८९ रन खेलेर ४ चौका प्रहार गर्दै ४५ रन बनाएका हुन्। अर्का ओपनर कुशल भुर्तेलले ३४ रन बनाए। पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ५१ रनको साझेदारी बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। दोस्रो विकेटका रूपमा वान डाउनमा आएका स्थान पाण्डेको विकेट गए उनले १४ रन बनाउँदै पेभिलियन फर्किए। आजको खेलमा मौका पाएका भीम सार्की खाता खोल्ने बित्तिकै क्याच आउट हुँदै पेभेलियन फर्किए। उपकप्तान दिपेन्द्र सिंह ऐरी ३ रनमा रनआउट भए। कप्तान रोहित पौडेलले ४१ रन बनाए। उनले छैंटौं विकेटका लागि आरिफ शेख सँग ६५ रनको साझेदारी बनाउँदै इनिङ्स उकासे।

नामिबियाको लागि बलिङतर्फ ज्याक ब्रासेलले सर्वाधिक ३ विकेट लिए ।रुबेन ट्रम्पलमेनले २ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेकोनामिबियाको लागि जान फ्राइलिंकले सर्वाधिक १०० रनको शतकीय पारी खेले। उनले १४९ बलमा ३ चौका प्रहार गरे। उनले तेस्रो विकेटको लागि लोरेनसँग १३१ रनको शतकीय साझेदारी बनाउँदै खेलको लय सम्हालेका थिए। ओपनर ब्याटर माइकल भान लिंगेन ५ रनमै सोमपाल कामीको बलमा बोल्ड भएका थिए। अर्का ओपनर मलान कुर्गेर पनि करण केसीको बलमा १५ रन बनाउँदै क्याच भए।

लोरेन स्टिनकाम्पले ५९ रन बनाए । कप्तान गेरहार्ड इरास्मस ३ रनमै पेभेलियन फर्किए। जेजे स्मिथ ३ रनमा क्याच भए। जेन ग्रिन ६ रनमा अन्तिम बलमा करण केसीको बलमा गुल्सन झाको हातमा क्याच भए। जान निकोल लोफ्टी इटोन १० रनमा अविजित रहेका थिए।

नेपालको लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। सोमपाल कामीले १ विकेट लिए।

झारी श्रृंखलाको पहिलो खेलमा नेपालले नामीबियासँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको हो।

facebook sharing button

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काभा पुरुष भलिबल च्याम्पियनसिपमा लिग चरणका सबै खेलमा पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा भइरहेको च्याम्पियनसिपअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो । नेपालले लिग चरणका सबै पाँच खेलमा नै पराजित हुन पुग्यो । तीन खेलमा ...
। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ । पोखरा सोमबार शकिबलाई तेस्रो सिजनको एनपीएलका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको अनुभव, नेतृत्व ...
। पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अन्तिम लिग खेल सोमबार उज्वेकिस्तानसँग खेल्दैछ । इस्लामावादस्थित लियाकत जिम्न्यासियममा खेल नेपाली समय अन्सार विहान ११:१५ बजे सुरु हुनेछ । अहिलेसम्म खेलेको चार वटै खेलमा पराजित भएको नेपाल अझै पहिलो जितको खोजीमा छ । उज्वेकिस्तानले भने चार मध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–२ मा नेपालको यात्रा निर्णायक मोडमा पुगेको छ। विश्वकप छनोटको ढोका खोल्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि प्रत्येक खेलको नतिजा महत्त्वपूर्ण मात्रै छैन, ‘गर या मर’को अवस्था पनि छ। सोमबार नामिबियासँग हुने खेल आफूलाई प्रमाणित गर्ने अवसर मात्रै होइन, विश्वकप सपना कायमै राख्ने दौड पनि हो। नेपालको विश्वकप छनोटको ...
। काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो सेटमा २५–१९ को हार बेहोर्दै बंगलादेशले खेललाई बराबरीमा ल्यायो । तेस्रो सेटमा नेपालले पुनः राम्रो प्रदर्शन गर्दै २५–२१ ...