मुख्य समाचार
नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा
नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

: नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधमा देशभरीका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको हो ।

उनीहरुले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग गरेका छन्। कारबाहीको माग गरिरहेको अवस्थामा प्रहरी परिचालन गरि गालीगलौज गरी दुर्व्यवहार गरिएकोले चिकित्सकहरूको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारबाही गर्नुपर्ने नेपाल चिकित्सक संघको माग छ।

‘मिति २०८३ साउन ०९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न माग गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्यज्यु र संघको नारायणी शाखाका अध्यक्षज्यु लगायतका चिकित्सकहरुमाथि गालीगलौज गरी दुर्व्यवहार गरिएको घटनाको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ।’ विज्ञप्तिमा भनिएको छ, ‘टाउकोमा गम्भीर चोट लागि घाइते भएका चिकित्सक डा. प्रमोद राम लगायत अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीहरुलाई अविलम्ब पक्राउ गरी "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ (पहिलो संशोधन, २०७९)" बमोजिम कडा कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ । साथै चिकित्सकहरुको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारवाही गर्न माग गर्दछौँ ।’

उनीहरुले आन्दोलनमा साथ दिन सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार लगायात आम नागरिकलाई आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि राज्यले गरेको दमनको विरोध स्वरुप मिति २०८३-०४-१२ गते मंगलबारका दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्दछौं । साथै आन्दोलनका थप कार्यक्रम भोलिको सर्वपक्षीय भेलापछि तय गर्नेछौं । संघको यस आन्दोलनमा साथ दिन सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार लगायात आम नागरिकलाई आग्रह गर्दछौं । साथै यस आन्दोलनबाट बिरामीहरुमा पर्न जाने असुविधाको लागि क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं रहेको व्यहोरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...