मुख्य समाचार
जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन्
जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन्

। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् ।

यस कारागारबाट गत भदौँ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४१ जना फर्किएका छन् ।

एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाले जानकारी दिए। उनका अनुसार तत्कालीन समयमा चार नाबालकसहित ७४३ जना कैदी भागेकामा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले ७३९ को विवरण मात्र उल्लेख गरिएको हो ।

यसरी सम्पर्कविहीन भएकाहरूमध्ये लागुऔषध र जबरजस्ती करणीका कैदी बढी रहेका कार्यालयका निमित्त प्रमुख ढुङ्गानाले जानकारी दिए ।


उनका अनुसार फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारीमा संलग्न छन् । कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको थियो ।

फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उनले बताए । भागेकाहरू नवलपरासी (वर्दघाट-सुस्ता)पूर्वसहित अन्य जिल्लाका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ । सोमबार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका उपकरण बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भएर सडकबाट चिप्लिएर नालातर्फ भित्तामा घस्रिएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण ट्रकको ...
। मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुख्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द छ । पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ । पहिरो पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरु रोकिएका छन् । सडक डिभिजिन ...
। मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी-२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज-१६ निवासी हुन् र श्रीमान्/श्रीमती दुवै जना गत ...
। निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको छ। सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिरसिङ्गको काम सकेर आगामी कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी आयोजनाले गरेको छ । आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार अहिले निर्माणको काम तीव्र ...
: कप्तानगन्ज घटनापछि गृह मन्त्रालयले बिदामा बसेका सुनसरीका दुईजना प्रहरी प्रमुख फिर्ता भएका छन्। गृह मन्त्रालयले बाबु बिरामी भएर ४ दिनको बिदा बसेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव कुमार थेबेलाई फिर्ता गरेको छ। गृहले थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। त्यस्तै सशस्त्र ...