मुख्य समाचार
कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु
कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु

: सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु गरेको छ ।

समितिले सोमबार राति विराटनगर आइपुगेलगत्तै विभिन्न अस्पतालमा उपचाररत घाइतेसँग बयान लिएर प्रमाण संकलन थालेको हो । सुरक्षा स्रोतका अनुसार गोली लागेर घाइते भएका चार जनाको विराटनगरस्थित न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । समितिका सदस्यहरूले तीनवटै अस्पताल पुगेर घाइतेसँग घटनाका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।

गृह मन्त्रालयमा सोमबार बसेको केन्द्रीय सुरक्षा बैठकपछि सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिलाई छानबिन सकेर सात दिनभित्र घटनाको प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

समितिले उपचाररत घाइते, प्रत्यक्ष पीडित तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ । अब टोलीले देवानगन्जको कप्तानगन्ज पुगेर घटनास्थलको निरीक्षण गर्ने, प्रत्यक्षदर्शी, सुरक्षा निकाय तथा उपलब्ध भिडियोसहितका प्रमाणको अध्ययन गर्ने तयारी गरेको छ ।

छानबिनपछि घटनामा संलग्न वा जिम्मेवार देखिएका व्यक्ति तथा निकायमाथि कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरिने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले निष्पक्ष, तथ्यमा आधारित र विश्वसनीय छानबिन गर्न समितिलाई निर्देशन दिएको छ ।

देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहबीचको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । गोली लागेर एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो भने कर्फ्यूका क्रममा कप्तानगन्ज, इनरुवा लगायतका क्षेत्रमा आगजनी, तोडफोड, आक्रमण र कुटपिटका घटना भएका थिए ।

अहिले कर्फ्यू हटाइए पनि कप्तानगन्ज केन्द्रित निषेधाज्ञा कायम छ । गृह मन्त्रालयले छानबिन प्रतिवेदनका आधारमा घटनाको कारण, सुरक्षा व्यवस्थापनमा भएका कमजोरी र जिम्मेवार पक्षको पहिचान गरी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ । सोमबार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका उपकरण बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भएर सडकबाट चिप्लिएर नालातर्फ भित्तामा घस्रिएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण ट्रकको ...
। मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुख्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द छ । पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ । पहिरो पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरु रोकिएका छन् । सडक डिभिजिन ...
। मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी-२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज-१६ निवासी हुन् र श्रीमान्/श्रीमती दुवै जना गत ...
। निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको छ। सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिरसिङ्गको काम सकेर आगामी कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी आयोजनाले गरेको छ । आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार अहिले निर्माणको काम तीव्र ...
: कप्तानगन्ज घटनापछि गृह मन्त्रालयले बिदामा बसेका सुनसरीका दुईजना प्रहरी प्रमुख फिर्ता भएका छन्। गृह मन्त्रालयले बाबु बिरामी भएर ४ दिनको बिदा बसेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव कुमार थेबेलाई फिर्ता गरेको छ। गृहले थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। त्यस्तै सशस्त्र ...