मुख्य समाचार
मन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति र मौज्दात पर्याप्त रहेको भन्दै हल्लाको पछि लागेर नआत्तिन उपभोक्तालाई आग्रह
मन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति र मौज्दात पर्याप्त रहेको भन्दै हल्लाको पछि लागेर नआत्तिन उपभोक्तालाई आग्रह

। पछिल्लो केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो बढ्न थालेपछि सरकारले त्यसमा सत्यता नरहेको बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति र मौज्दात पर्याप्त रहेको भन्दै हल्लाको पछि लागेर नआत्तिन उपभोक्तालाई आग्रह गरेकी छिन् ।

बजारमा कृत्रिम अभावको हल्ला चलेपछि त्यसतर्फ विशेष चासो व्यक्त गर्दै मन्त्री यादवले आपूर्ति व्यवस्था र ग्यास मौज्दात मन्त्रालयको सूक्ष्म निगरानीमा रहेको बताएकी हुन् ।

अभाव हल्लासँगै उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सिलिन्डर सञ्चय गर्न थालेपछि वितरण प्रणालीमा केही चाप परेको मन्त्रालयको निष्कर्ष छ ।


यसै परिस्थिति मध्यनजर गर्दै मन्त्रालयले सर्वसाधारणलाई तत्काल जति आवश्यक छ, त्यतिमात्र खरिद गर्न अनुरोध गरेको छ ।

अनावश्यक ग्यास भण्डारण गरिदिँदा बजारमा साँच्चिकै असहज परिस्थिति सिर्जना हुन सक्ने भन्दै मन्त्रालयले त्यसो नगर्न उपभोक्ताको ध्यानाकर्षण गराएको छ ।

यसैबीच मन्त्री यादवले बजारमा देखिएको वितरणगत समस्या तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था पूर्ववत् सहज बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी छिन् ।

आयल निगमले बजार अनुगमनलाई तीव्रता दिने र ग्यास वितरण प्रणालीमा देखिएका समस्या समाधान गरी थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको मन्त्रालयको भनाइ छ ।

हल्लाकै भरमा बजारमा ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड माधवलाई भेट्न उनकै निवास पुगेका थिए । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले गरेको तीन बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टी जनाएका छन् । विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालको असहमति छ ...
। गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा ...
। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताएका छन् । नागढुंगा सुरुङमार्ग उद्घाटन कार्यक्रममा उनले कठिन भौगोलिक अवस्थाका बाबजुद पनि नेपालमा सुरुङमार्ग सञ्चालनमा ल्याएको बताए । राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भएमा नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्नसक्ने उनले बताए । नेपालमा सुरुङ पूर्वाधार ...
। बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ की २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । उनका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुंगा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो ...
। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार उद्घाटन गरिएको छ । आयोजनाको मुख्य सुरुङ उद्घाटन गरिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गरे । नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम