मुख्य समाचार
मार्वल स्टुडियोजले कमिक-कन इन्टरनेसनलको प्रस्तुतिमा डेभिड जोन्सनलाई नयाँ ‘ब्ल्याक प्यान्थर’का रूपमा सार्वजनिक
मार्वल स्टुडियोजले कमिक-कन इन्टरनेसनलको प्रस्तुतिमा डेभिड जोन्सनलाई नयाँ ‘ब्ल्याक प्यान्थर’का रूपमा सार्वजनिक

। मार्वल स्टुडियोजले कमिक-कन इन्टरनेसनलको प्रस्तुतिमा डेभिड जोन्सनलाई नयाँ ‘ब्ल्याक प्यान्थर’का रूपमा सार्वजनिक गरेको छ । उनले चाडविक बोसम्यानले निर्वाह गरेको पात्र टी’चालाका छोराको भूमिका खेल्नेछन् ।

मार्वलले नयाँ फिल्ममा रायन गोसलिङले ‘घोस्ट राइडर’को भूमिका निर्वाह गर्ने जानकारी पनि दिएको छ । यी दुवै बहुप्रतीक्षित फिल्महरू सन् २०२८ मा प्रदर्शन हुनेछन् ।

जोन्सन ‘ब्ल्याक प्यान्थर’ शृंखलाका निर्देशक रायन कुगलर तथा कलाकार लेटिसिया राइट र विन्स्टन ड्युकसँगै मञ्चमा उपस्थित भएका थिए । उनी छातीमा हात राख्दै मुस्कुराइरहेका देखिन्थे ।

‘ब्ल्याक प्यान्थर ३’ सन् २०२८ डिसेम्बर १५ मा प्रदर्शन हुनेछ ।

३२ वर्षीय अभिनेताले भने, ‘यो परिवारको हिस्सा बन्ने अवसर र आशीर्वाद पाएकोमा म कृतज्ञ छु । म धेरै कुरा भन्न चाहन्नँ, किनकि पर्दाले नै सबै कुरा बताओस् भन्ने चाहन्छु ।’

उनी ‘इन्डस्ट्री’, ‘द लङ वाक’ र ‘एलियनः रोमुलस’जस्ता फिल्म तथा शृंखलामा निर्वाह गरेका भूमिकाका लागि परिचित छन् ।

चाडविक बोसम्यानको सन् २०२० मा निधन भएको थियो । सन् २०२२ मा प्रदर्शन भएको ‘ब्ल्याक प्यान्थरः वाकान्डा फरेभर’मा टी’चालाको एक छोरा रहेको खुलासा भएपछि उनको स्थान कसले लिनेछ भन्ने अनुमान प्रशंसकमाझ सुरु भएको थियो । सम्भावित कलाकारका रूपमा ड्याम्सन इड्रिस र लेटिसिया राइटको नाम पनि चर्चामा थियो ।

सन् २०१८ मा प्रदर्शन भएको पहिलो ‘ब्ल्याक प्यान्थर’ उत्कृष्ट फिल्मको विधामा अस्करमा मनोनयन प्राप्त गर्ने पहिलो सुपरहिरो फिल्म बनेको थियो । यो फिल्मले विश्वभर १.३ अर्ब अमेरिकी डलरभन्दा बढी कमाएको थियो भने यसको सिक्वेलले ८५ करोड डलर आम्दानी गरेको थियो ।

रायन गसलिङले ‘घोस्ट राइडर’का लागि ‘स्टार वार्सः स्टारफाइटर’का निर्देशक सन लेभीसँग फेरि सहकार्य गर्नेछन् । गोसलिङले मार्वल स्टुडियोजका प्रमुख केभिन फाइगीलाई अभिवादन गर्दै आफू लामो समयदेखि यो भूमिका निर्वाह गर्न इच्छुक रहेको दर्शकलाई बताए ।

गोसलिङकी लामो समयदेखिकी जीवनसाथी इभा मेन्डेसले निकोलस केजसँग पहिलो छुट्टै ‘घोस्ट राइडर’ फिल्ममा अभिनय गरेकी थिइन् । उक्त फिल्म सन् २००७ मा प्रदर्शन भएको थियो । यो ‘आइरन म्यान’मार्फत मार्वल सिनेमेटिक युनिभर्स सुरु हुनुभन्दा एक वर्षअघिको कुरा हो ।

सोनीले सन् २०१२ मा यसको सिक्वेल प्रदर्शन गरेको थियो । त्यसपछि चलचित्रको अधिकार मार्वलकै स्वामित्वमा फर्किएको छ । तर ‘घोस्ट राइडर’ पात्र हालसम्म मार्वल सिनेमेटिक युनिभर्समा देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्‍घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...