। नेपाल वायुसेवा निगम (नेवानि)का अन्तर्राष्ट्रिय गन्तब्यका टिकट अब फोन गरेर समेत काट्न सकिने भएको छ ।
निगमले कार्यालयको फोन नम्बर ९७७–५७१८५३८ मा कार्यालय समयमा फोन गरी टिकट खरीद वा बुकिङ गर्न सकिने जानकारी दिएको हो ।
निगमका अनुसार अहिले कार्यालयको बिक्री कक्ष, निगमको वेबसाइट, निगमको मोबाइल एपबाट टिकट काट्न सकिने सुविधा रहेको छ । यसमा निगमले अब फोन नम्बरबाट समेत टिकट काट्न सकिने सुविधा थप गरिएको जनाएको छ।
फोनमार्फत आफूले यात्रा गर्न चाहेको गन्तब्यबारे सोधपुछ र बुकिङका लागि आवश्यक विवरण, इमेल, मोबाइल नम्बर र कागजात दिन सकिने भएको छ ।
टिकट मूल्यको क्यूआर मोबाइलमा प्राप्त भइसकेपछि घरमै बसी टिकट काट्न सकिने निगमले जनाएको छ ।