मुख्य समाचार
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन

:सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ ।

बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेनाको टोली मैदानमा खटिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको उनले बताए । बख्तरबन्ध गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगन्ज पुगेर फिल्डमा खटिएको र त्यसपछि प्रदर्शनकारी तितरबितर हुन थालेका कारण अवस्था सामान्यतर्फ उन्मुख भएको जानकारी घिमिरेले दिए । तर,सेनाको टोली पुग्नुअघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र सामानमा आगजनी गरिसकेका थिए ।

प्रहरीका अनुसार एउटा फार्मेसी,एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड गरी भित्र रहेका सामान सडकमा निकालेर आगो लगाइएको हो । सुरक्षाकर्मी तत्काल उपस्थित हुन नसकेका स्थानमा बढी क्षति पुगेको प्रारम्भिक निष्कर्ष रहेको प्रशासनले जनाएको छ ।

प्रजिअ घिमिरेले अवस्था थप बिग्रिए संयुक्त रूपमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा कारबाही अघि बढाइने बताए। उनका अनुसार परिस्थिति नियन्त्रणभन्दा बाहिर गए थप गोली चलाउनुपर्ने अवस्था पनि आउन सक्ने भएकाले सबैलाई संयमता अपनाउन आग्रह गरिएको छ ।

उनले उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कडा सुरक्षा कारबाही हुने स्पष्ट पार्दै सेनासहित संयुक्त सुरक्षा टोलीले अब अवस्था नियन्त्रणमा लिइसकेकाले थप क्षति हुन नदिने दाबी गरे । आइतबार रातिको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की,भुटाहा,कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

कर्फ्यु लागू भए पनि बिहान करिब १० बजेदेखि करिब एक हजारको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । कप्तानगन्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारी केहीबेरमै तोडफोड र आगजनीमा उत्रिएका थिए । पसलहरूमा आक्रमण हुन थालेपछि स्थानीयमा त्रास फैलिएको थियो भने सर्वसाधारण ज्यान जोगाउन भागदौड गर्न बाध्य भएका थिए ।

एउटा पक्ष प्रदर्शनमा उत्रिएसँगै अर्को पक्ष पनि भेला हुन थालेपछि थप साम्प्रदायिक वा हिंसात्मक घटना हुन नदिन सेना परिचालन गरिएको प्रशासनले जनाएको छ । कप्तानगन्जको घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोकमा पनि टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा बिहानदेखि नै सवारी आवागमन प्रभावित भएको छ ।

राजमार्गमा सवारी साधन रोकिँदा यात्रुहरू समस्यामा परेका छन् । फिल्डमा खटिएका सुरक्षाकर्मीले सम्झाइबुझाइ गर्दै यातायात सञ्चालन गराउने प्रयास गरे पनि सम्भव भइरहेको छैन ।

कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट पनि थप नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरी पठाइएको छ । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगन्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरका जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा उपस्थितिलाई थप सुदृढ बनाउँदै स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार दिउँसो काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रको सडकमा पीडितहरू प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । सहकारी ...
। कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई ढलेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब ...
। त्रिभुवन विश्वविद्यालयले आचारसंहिता उल्लंघन गरे परीक्षा रद्द गर्ने चेतावनी दिएको छ । व्यवस्थापन संकायका १७ हजार विद्यार्थीले परीक्षा दिइरहेको बताउँदै रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले कसैले गलत काम गरे तत्काल प्रहरीलाई बुझाउन आग्रह गरे । ‘१७ हजार विद्यार्थीको आज परीक्षा दिँदै छन् । नराम्रो गतिविधि गर्ने देखेमा राम्रो विद्यार्थीले तत्काल प्रहरीलाई जानकारी गराउनु,’ उनले भने । व्यवस्थापन संकाय, ...
। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अवस्था सामान्य बनाउने ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ । सुनसरीको छिमेकी जिल्ला सप्तरी भएकोले जिल्लामा सुरक्षा सतर्कता सप्तरी प्रशासनले बढाएको छ । प्रदर्शनकारीहरूले राजबिराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम