मुख्य समाचार
परीक्षण अवधिमा निःशुल्क सञ्चालन, टोल शुल्क पनि सार्वजनिक
परीक्षण अवधिमा निःशुल्क सञ्चालन, टोल शुल्क पनि सार्वजनिक

: नेपालकै पहिलो आधुनिक नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आइतबार बिहान विशेष समारोहबीच उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।

उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत तथा जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा सवारी आवागमनको शुभारम्भ गरेका थिए।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्ग पहिलो चरणमा आपतकालीन सवारीसाधनका लागि मात्रै खुला गरिनेछ। पहिलो दिन एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न अनुमति दिइनेछ। सुरुङमार्गको परीक्षण तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा भएपछि केही दिनभित्रै सर्वसाधारणका सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइनेछ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै उपभोग दस्तुर (टोल शुल्क) नलिइने आयोजनाले जनाएको छ। परीक्षण सम्पन्न भई नियमित सञ्चालन सुरु भएपछि भने कुल २ हजार ६८८ मिटर लामो सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले राजपत्रमा तोकिएअनुसार उपभोग दस्तुर तिर्नुपर्नेछ।

राजपत्रअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं आउँदा रु. ६५ र काठमाडौंबाट बाहिर जाँदा रु. ६० तिर्नुपर्नेछ।

मिनी बस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं आउँदा रु. ११५ र जाँदा रु. ८०, बस तथा ट्रकका लागि काठमाडौं आउँदा रु. २६० र जाँदा रु. २०० शुल्क निर्धारण गरिएको छ।

त्यस्तै, मल्टी एक्सल ट्रक, अन्य भारी सवारीसाधन तथा भारी उपकरणले काठमाडौं आउँदा रु. ६०० र काठमाडौंबाट बाहिर जाँदा रु. २५० उपभोग दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा-सिस्नेखोला खण्डमा यात्रा समय घट्ने, ट्राफिक जाम कम हुने तथा काठमाडौं भित्रिने र बाहिरिने सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार दिउँसो काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रको सडकमा पीडितहरू प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । सहकारी ...
। कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई ढलेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब ...
। त्रिभुवन विश्वविद्यालयले आचारसंहिता उल्लंघन गरे परीक्षा रद्द गर्ने चेतावनी दिएको छ । व्यवस्थापन संकायका १७ हजार विद्यार्थीले परीक्षा दिइरहेको बताउँदै रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले कसैले गलत काम गरे तत्काल प्रहरीलाई बुझाउन आग्रह गरे । ‘१७ हजार विद्यार्थीको आज परीक्षा दिँदै छन् । नराम्रो गतिविधि गर्ने देखेमा राम्रो विद्यार्थीले तत्काल प्रहरीलाई जानकारी गराउनु,’ उनले भने । व्यवस्थापन संकाय, ...
। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अवस्था सामान्य बनाउने ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ । सुनसरीको छिमेकी जिल्ला सप्तरी भएकोले जिल्लामा सुरक्षा सतर्कता सप्तरी प्रशासनले बढाएको छ । प्रदर्शनकारीहरूले राजबिराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम