मुख्य समाचार
अकलामाई मन्दिर नजिक दुई महिला मृत फेला
अकलामाई मन्दिर नजिक दुई महिला मृत फेला

: नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिका-१० अकलामाई मन्दिर नजिक दुई महिला मृत फेला परेका छन्। मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका-९ घर भई हाल गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट नगरपालिका-१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी राई रहेका छन्।

अकलामाई मन्दिर नजिकको चौरमा पूर्व-पश्चिम राजमार्गको बायाँपट्टि दुई महिला अचेत अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । टोलीले दुवै जनाको तत्काल उद्धार गरी भेडाबारीस्थित नगर अस्पताल पुर्‍याएको भए पनि उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट फेला परेका छन् । यस्तै, मृतकहरूको शरीरमा बाह्य चोटपटक नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अवस्था सामान्य बनाउने ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ । सुनसरीको छिमेकी जिल्ला सप्तरी भएकोले जिल्लामा सुरक्षा सतर्कता सप्तरी प्रशासनले बढाएको छ । प्रदर्शनकारीहरूले राजबिराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग ...
। सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको जानकारी गराएका छन् । आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरुसँग घटनाबारे जानकारी लिइरहेको ...
। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । समितिको बैठकमा सोमबार दिउँसो २ बजे बस्ने तय भएको थियो । जसको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’बारे छलफल गर्ने भन्ने थियो । यो ऐनमा २०८५ फागुन १० गतेभित्र सबै निजी मेडिकल कलेज गैरनाफामूलक संस्थामा रूपान्तरण भइसक्नुपर्ने व्यवस्था छ । ...
। नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत नराख्न माग गरेको छ । गृह मन्त्रालय अन्तर्गत राख्न भन्दै नेकपाका सांसदहरूले सम्बन्धित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेट्नि सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयक ल्याएको छ । यसअघि पछिल्लो पटक नेपाल सरकार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम