मुख्य समाचार
सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन
सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन

:सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतिघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले पीडितलाई न्याय दिइयोस्,सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्,छिटो न्याय दे लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साना वा ठूला बचतकर्ता नभनी सबैलाई समानरूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन् ।

साथै उनीहरूले आफूहरूको आन्दोलन विशुद्ध पीडितहरूको साझा मञ्च भएकाले कुनै राजनीतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र पीडितकै नेतृत्वमा आन्दोलन अघि बढाउने जनाएका छन् । सरकारले आफ्ना मागहरू तत्काल कार्यान्वयन नगरे दुई दिनको ध्यानाकर्षण र्‍यालीपछि थप सशक्तरूपमा आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । समितिको बैठकमा सोमबार दिउँसो २ बजे बस्ने तय भएको थियो । जसको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’बारे छलफल गर्ने भन्ने थियो । यो ऐनमा २०८५ फागुन १० गतेभित्र सबै निजी मेडिकल कलेज गैरनाफामूलक संस्थामा रूपान्तरण भइसक्नुपर्ने व्यवस्था छ । ...
। नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत नराख्न माग गरेको छ । गृह मन्त्रालय अन्तर्गत राख्न भन्दै नेकपाका सांसदहरूले सम्बन्धित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेट्नि सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयक ल्याएको छ । यसअघि पछिल्लो पटक नेपाल सरकार ...
। नेपाल वायुसेवा निगम (नेवानि)का अन्तर्राष्ट्रिय गन्तब्यका टिकट अब फोन गरेर समेत काट्न सकिने भएको छ । निगमले कार्यालयको फोन नम्बर ९७७–५७१८५३८ मा कार्यालय समयमा फोन गरी टिकट खरीद वा बुकिङ गर्न सकिने जानकारी दिएको हो । निगमका अनुसार अहिले कार्यालयको बिक्री कक्ष, निगमको वेबसाइट, निगमको मोबाइल एपबाट टिकट काट्न सकिने सुविधा रहेको छ । यसमा निगमले ...
: चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बिहान ०२:५८ बजेतिर सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ...
: आज साउन महिनाको दोस्रो सोमबार। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम