मुख्य समाचार
कप्तानगन्जमा भएको घटनापछि सबै पक्ष संयमित भएर सामाजिक सद्भाव कायम गर्दै शान्ति–सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहमति
कप्तानगन्जमा भएको घटनापछि सबै पक्ष संयमित भएर सामाजिक सद्भाव कायम गर्दै शान्ति–सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहमति

: सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनापछि सबै पक्ष संयमित भएर सामाजिक सद्भाव कायम गर्दै शान्ति–सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहमति भएको छ। घटनापछि सोमबार दिउँसो सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय,इनरुवामा बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो।

बैठकले गृहमन्त्रालयद्वारा गठित पाँच सदस्यीय छानबिन समितिलाई घटनाको निष्पक्ष छानबिनका लागि आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ। साथै,घटनालाई लिएर उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षले संयम अपनाउने र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकमा स्थानीय क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्ने र कुनै पनि प्रकारका उत्तेजक गतिविधि हुन नदिने विषयमा समेत छलफल भएको थियो। गृहमन्त्रालयले कप्तानगन्ज घटनाको छानबिन गर्न सोमबार नै पाँच सदस्यीय समिति गठन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । समितिको बैठकमा सोमबार दिउँसो २ बजे बस्ने तय भएको थियो । जसको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’बारे छलफल गर्ने भन्ने थियो । यो ऐनमा २०८५ फागुन १० गतेभित्र सबै निजी मेडिकल कलेज गैरनाफामूलक संस्थामा रूपान्तरण भइसक्नुपर्ने व्यवस्था छ । ...
। नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत नराख्न माग गरेको छ । गृह मन्त्रालय अन्तर्गत राख्न भन्दै नेकपाका सांसदहरूले सम्बन्धित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेट्नि सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयक ल्याएको छ । यसअघि पछिल्लो पटक नेपाल सरकार ...
। नेपाल वायुसेवा निगम (नेवानि)का अन्तर्राष्ट्रिय गन्तब्यका टिकट अब फोन गरेर समेत काट्न सकिने भएको छ । निगमले कार्यालयको फोन नम्बर ९७७–५७१८५३८ मा कार्यालय समयमा फोन गरी टिकट खरीद वा बुकिङ गर्न सकिने जानकारी दिएको हो । निगमका अनुसार अहिले कार्यालयको बिक्री कक्ष, निगमको वेबसाइट, निगमको मोबाइल एपबाट टिकट काट्न सकिने सुविधा रहेको छ । यसमा निगमले ...
: चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बिहान ०२:५८ बजेतिर सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ...
: आज साउन महिनाको दोस्रो सोमबार। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम