मुख्य समाचार
ग्याँस सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते
ग्याँस सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते

। गुल्मीको धुर्कोट गाउँपालिका-४ जैसिथोक खहरेस्थित तम्घास-पुर्कोटदह सडक खण्डमा ग्याँस सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) वीरेन्द्रवीर विश्वकर्माले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहान करिब ८ बजे तम्घासबाट पुर्कोटदहतर्फ जाँदै गरेको ग३च ४५१८ नम्बरको एलपीजी ग्याँस सिलिन्डर बोकेको डबल क्याप बोलेरो सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा मालिका गाउँपालिका–३ काउले निवासी ३२ वर्षीया सीता थापाको अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेकाले जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१८ निवासी २४ वर्षीय गौतम लोको बाँया हातमा चोट लागेको छ भने लमजुङको बेँसीशहर नगरपालिका–६ निवासी २६ वर्षीय अविलाल राउतको निधार र ढाडमा सामान्य चोट लागेको छ।

उनीहरूको अवस्था सामान्य रहेको छ । गाडीमा सवार ललितपुरको गोदावरी नगरपालिका–११ निवासी ४० वर्षीय कृष्ण दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको समयमा बोलेरोमा चालकसहित पाँच जना सवार थिए । चालक ललितपुरको गोदावरी नगरपालिका–१ निवासी २६ वर्षीय विशाल सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सो अवधिमा प्रदेशभर कूल चार हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले दुर्घटनामा परी ४२४ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा एक युवाको मृत्यु भएको र केही व्यक्ति घाइते भएकोमा दु:ख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई राहत, क्षतिपूर्ति ...
। एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने ...
। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन सत्तापक्षकै भूमिका धेरै हुनेबारे सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराइएको बताएका छन् । प्रतिनिधिसभामा दलहरूको भूमिका कसरी प्रभावकारीब नाउन सकिन्छ भन्नेबारे सभामुख डीपी अर्यालले डाकेको बैठकमा सहभागी भएर निस्किनेक्रममा दुलालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विपक्षी दलका सांसदले बोलेको विषयमा सत्तापक्षका सांसदहरूले तत्कालै सरकारको तर्फबाटै जवाफ ...
। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा ...