मुख्य समाचार
सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी
सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी

। सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।

कतिपय ठाँउमा हात्तीलाई यातना दिइएको र अनुचित व्यवहार गरिएको भनी दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले हात्तीको संरक्षण र उनीहरुबाट हुनसक्ने मानविय नोक्सानी रोक्न ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले जंगली हात्तीको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नु भनेको छ । अनि उनीहरुको प्राकृतिक बासस्थान, परम्परागत र अन्तरदेशीय जैविक मार्गको संरक्षण र व्यवस्थापन गर्नु भनी आदेश दिएको हो ।

दुई वर्षअघि बनेको १० वर्षे हात्ती संरक्षण कार्ययोजना लागू गर्न निर्देशन दिदै सर्वोच्चले आफ्नो निर्देशनात्मक आदेशमा हात्तीका कारण हुनसक्ने मानवीय जोखिम घटाउन दीर्घकालीन र प्रभावकारी उपाय गर्न भनेको छ । अनि हात्तीको अवैध हत्या, उमाथि हुने गैरकानूनी गतिविधि रोक्न कानूनी, नीतिगत र प्रशासनिक व्यवस्था गर्नु भनेर आदेश गरेको हो ।


सर्वोच्च अदालतले घरपालुवा र निजी स्वामित्वमा रहेका हात्तीहरुको अनिवार्य दर्ता तथा अभिलेखीकरण गर्न आदेश दिएको छ । दर्ता नभएका हात्तीको पहिचान गरेर कारबाही गर्नू भनेको छ । अनि हात्तीको खरिदबिक्री र स्थानान्तरणलाई अनुमती दिनुपर्ने र अभिलेख राख्नुपर्ने प्रणाली बनाउन भनेको छ ।

हात्तीको अन्तरदेशीय तस्करी र अवैध व्यापार रोक्न सरकारी निकायहरुविच समन्वय गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले नेपाल-भारत सीमाक्षेत्रमा विशेष निगरानीको व्यवस्था गर्न आदेश दिएको हो ।

हात्तीलाई फलामे साङ्लाले बाँध्ने काम रोक्न आदेश सहित सर्वोच्चले माहुतेहरुलाई पशुकल्याणमैत्री तालिम दिन आदेश दिएको छ । अनि बिरामी र वृत्त हात्तीको उचित उपचार र संरक्षण सुनिश्चित गर्न हात्ती अवकाश तथा पुनर्स्थापना केन्द्र स्थापना गर्न आदेश दिएको छ ।

पछिल्लो समयमा बढ्दो अनियन्त्रित मानव अतिक्रमण, विभिन्न ठाँउमा लगाइएको विद्युतीय तारबार, अनि सडक, रेलमार्गलगायतले हात्तीहरुको परम्परागत जैविक मार्ग संकुचित र कण्डित भएको भन्दै त्यसले मानवीय जोखिम पनि बढाएको औल्याएको छ ।

नेपालको झापाको बाहुनडाँगीदेखि भारतको पश्चिम बंगालसम्म, पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता करिडोर र चितवन–वाल्मीकि क्षेत्रमा हात्तीहरुको बगाल एक देशबाट अर्को देशमा आउजाउ गर्छन । तर ती क्षेत्रका मानव वस्तीमा हात्ती प्रवेश गर्ने र जीउ ज्यान नै जोखिममा समेत पर्ने अवस्था रहेको भन्दै सर्वोच्च अदालतले त्यसलाई रोक्नेगरी नीति बनाउन भनेको हो ।

न्यायाधीशहरू हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले जारी गरेको निर्देशनात्मक आदेशमा भनेको छ, ‘जैविक विविधता सम्बन्धी महासन्धिका व्यवस्थाहरूको आधारमा हात्तीहरूको परम्परागत जैविक मार्गको संरक्षण गर्नु, बासस्थान खण्डिकरण रोक्नु र मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन रणनीतिक योजना लागू गर्नु राज्यको प्राथमिक दायित्व ठहरिन आउँछ ।’

केही संरक्षणकर्मी, काठमाडौं स्कूल अफ ल का विद्यार्थी र अध्यापकहरुले हात्तीमाथिको क्रुरतापूर्वक हुने व्यवहार रोक्नुपर्ने र उनीहरुको संरक्षण हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले हात्ती संरक्षण गरी उनीहरुबाट हुने मानवीय नोक्सानी घटाउने रणनीति बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । २ पुस, २०८२ मा भएको निर्णयको पूर्णपाठ सर्वोच्च अदालतले यसैसाता सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । नामिबियाले पनि आफ्नो तेस्रो खेल नै खेल्न लागेको हो । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भइसकेको छ । लिग २ अंकतालिकामा हाल नेपाल र ...
। धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए ...
: नेपाल–भारत सीमा हुँदै स्रोत खुलाउन नसकेको नेपाली नगद बोकेर आएका एकजना विराटनगरबाट आइतबार दिउँसो पक्राउ परेका छन्। सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साढे चार लाख नेपाली रुपैयाँ विराटनगर–६ का ३४ वर्षीय श्यामप्रसाद साह दिउँसो २ बजेतिर पक्राउ परेका हुन्। भारतबाट ई–साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले रोकेर ...
। अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे ३ का २६ वर्षीय सुनिल डुम्जन छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाइ विभिन्न व्यक्तिहरूसँग ४८ ...
सत्ताको भागबण्डा गर्नेले नै प्रदेशको औचित्य सके, राप्रपालाई हतार छैन : राजेन्द्र लिङ्देन
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम