मुख्य समाचार
अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ
अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ

। अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे ३ का २६ वर्षीय सुनिल डुम्जन छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाइ विभिन्न व्यक्तिहरूसँग ४८ लाखभन्दा बढी ठगी गरेका थिए ।

प्रहरीका अनुसार डुम्जनले गत चैत्र ३ मा पर्ने नगरकोट जंगलमा ५० डलरको नोट देखाइ ५ हजार डलर दिन्छु भनेर एक व्यक्तिबाट ५ लाख रुपैयाँ ठगी गरिएको, असार ५ गते बनेपा–३ मा रहेको शशीपानी जंगल क्षेत्रमा अर्को व्यक्तिबाट ५५ हजार डलर दिन्छु भनेर २३ लाख रुपैयाँ ठगी गरिएको र असार ६ गते बनेपा–१ रानीकोट जंगलमा २० हजार डलर दिन्छु भनी २० लाख रुपैयाँ ठगी गरिएको आरोप छ ।

प्रहरीका अनुसार अभियुक्तले विभिन्न मोबाइल नम्बर प्रयोग गरी योजनाबद्ध रूपमा सर्वसाधारणलाई सम्पर्क गरेर आर्थिक प्रलोभनमा पारी ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको टीभीएस स्कुटर, मोबाइल फोन, सिम कार्ड, कपडा, कापी तथा नगद २३ हजार ६० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ परेका डुम्जनविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । नामिबियाले पनि आफ्नो तेस्रो खेल नै खेल्न लागेको हो । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भइसकेको छ । लिग २ अंकतालिकामा हाल नेपाल र ...
। धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए ...
: नेपाल–भारत सीमा हुँदै स्रोत खुलाउन नसकेको नेपाली नगद बोकेर आएका एकजना विराटनगरबाट आइतबार दिउँसो पक्राउ परेका छन्। सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साढे चार लाख नेपाली रुपैयाँ विराटनगर–६ का ३४ वर्षीय श्यामप्रसाद साह दिउँसो २ बजेतिर पक्राउ परेका हुन्। भारतबाट ई–साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले रोकेर ...
। सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । कतिपय ठाँउमा हात्तीलाई यातना दिइएको र अनुचित व्यवहार गरिएको भनी दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले हात्तीको संरक्षण र उनीहरुबाट हुनसक्ने मानविय नोक्सानी रोक्न ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले जंगली ...
सत्ताको भागबण्डा गर्नेले नै प्रदेशको औचित्य सके, राप्रपालाई हतार छैन : राजेन्द्र लिङ्देन
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम