मुख्य समाचार
सुनसरीमा दुई समूहबीच झडप : प्रहरीको गोली लागेर १ जनाको मृत्यु, १० जना घाइते
सुनसरीमा दुई समूहबीच झडप : प्रहरीको गोली लागेर १ जनाको मृत्यु, १० जना घाइते

: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्।

साउने सोमबारको ब्रतका लागि हिन्दू धर्मावलम्बीहरूले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूहलाई आइतबार राती अर्को समूहले आक्रमण गरेपछि झडप सुरु भएको बताइएको छ। झडपले उग्ररूप लिएपछि स्थानीयका घर तथा पसलमा समेत आगजनी गरिएको थियो।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा मेहताको गोली लागेर मृत्यु भएको बताइएको छ। घटनामा गोली लागेर तथा झडपका क्रममा करिब १० जना घाइते भएको प्रहरीले जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार झडप नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरीसमेत घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट टिचिङ, नोबेल र न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनापछि जिल्लाका विभिन्न स्थानबाट थप नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी निरीक्षक पराजुलीले घटनास्थलको अवस्था अहिले सामान्य रहेको बताएका छन्।

यसैबीच, सुनसरी क्षेत्र नम्बर- २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले प्रहरीले गोली चलाएर नागरिकको ज्यान गएको घटनाप्रति विरोध जनाएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । नामिबियाले पनि आफ्नो तेस्रो खेल नै खेल्न लागेको हो । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भइसकेको छ । लिग २ अंकतालिकामा हाल नेपाल र ...
। धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए ...
: नेपाल–भारत सीमा हुँदै स्रोत खुलाउन नसकेको नेपाली नगद बोकेर आएका एकजना विराटनगरबाट आइतबार दिउँसो पक्राउ परेका छन्। सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साढे चार लाख नेपाली रुपैयाँ विराटनगर–६ का ३४ वर्षीय श्यामप्रसाद साह दिउँसो २ बजेतिर पक्राउ परेका हुन्। भारतबाट ई–साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले रोकेर ...
। सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । कतिपय ठाँउमा हात्तीलाई यातना दिइएको र अनुचित व्यवहार गरिएको भनी दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले हात्तीको संरक्षण र उनीहरुबाट हुनसक्ने मानविय नोक्सानी रोक्न ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले जंगली ...
। अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे ३ का २६ वर्षीय सुनिल डुम्जन छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाइ विभिन्न व्यक्तिहरूसँग ४८ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम