मुख्य समाचार
एमालेका महासचिव शंकर पोखरेलले पार्टीका हरेक तहका कमिटीले आफैँ निर्णय गर्नुपर्ने बताए
एमालेका महासचिव शंकर पोखरेलले पार्टीका हरेक तहका कमिटीले आफैँ निर्णय गर्नुपर्ने बताए

। एमालेका महासचिव शंकर पोखरेलले पार्टीका हरेक तहका कमिटीले आफैँ निर्णय गर्नुपर्ने बताएका छन् । आइतबार लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पोखरेलले अब केन्द्रले माथिबाट लाद्ने काम नहुने बताए ।

‘अब हरेक कमिटीले आफैँ निर्णय गर्नुपर्छ,माथिबाट लाद्ने कुरा हुँदैन,’महासचिव पोखरेलले भने–‘स्थानीय चुनावमा उम्मेदवार आफैँ छनौट गर्नुस् ।’

महासचिव पोखरेलले प्रदेश र स्थानीय तहका नेताहरूले माथि (केन्द्र) ताक्ने नभई आफैँ सृजनात्मक ढंगले जनताको मन र विश्वास जितेर काम गर्ने गर्नुपर्ने आग्रह गरे । ‘जनताका असन्तुष्टि पत्ता लगाउनु होस्, उहाँहरूसँग रहनुहोस् र समाधानमा लाग्नुहोस्’,पोखरेलले भने,‘सूचना प्रविधि अबको राजनीतिको मुख्य आधार हो, यसको प्रभावकारी र सही उपयोगका लागि व्यापक युवा परिचालन गर्नुहोस् ।’

महासचिव पोखरेलले सामाजिक सञ्जालमा ४० वर्ष कम उमेरका ७० प्रतिशत रहेका तर पार्टीमा ७० प्रतिशत नेता कार्यकर्ता ४० वर्ष माथिका भएकोले युवा सहभागितामा जोड दिनुपर्ने बताए ।


महासचिव पोखरेलले पार्टी केन्द्रको आन्तरिक कमजोरी स्वीकार्दै अब वैचारिक पुनर्गठन आवश्यक रहेको बताए ।

उनले पार्टी शुद्धीकरणसहितको रूपान्तरणमा जोड दिंदै कार्यकर्ताको भावना र पार्टीको वृहत्तर हितका लागि खुलारूपले निर्णय गर्न पार्टी तयार रहेको बताए ।

सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण एमालेले गरेका राम्रा कामको पनि नकारात्मक प्रचार मात्र बढेको उनको तर्क थियो ।

कांग्रेसले नचाहेका कारण प्रदेशमा नेकपासँग गठबन्धन गर्नु बाध्यताको परिणाम भएको उनले बताए । ‘हामीहरू कांग्रेससँगै मिल्ने पक्षमा थियौं तर कांग्रेसकै आन्तरिक असहमितले त्यो हुन सकेन’,पोखरेलले भने ।

सरकारबारे टिप्पणी गर्दै महासचिव पोखरेलले यसको जग लोकप्रियता वाद, अराजकतावाद भएकोले जनस्तरमा त्यो सन्देश पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिए ।

प्रदेश कमिटीमा २१ जना मनोनीत
बैठकले प्रदेश कमिटीमा २१ जना मनोनीत गरेको छ । जसमा रूपन्देहीबाट पम्फावती खनाल, चिनबहादुर गुरूङ, कपिलवस्तुबाट बाबुराम आचार्य, टेकराज पौडेल, हीरालाल पौडेल, नवलपरासीबाट गणेश पौडेल, मोहनबहादुर विक, दाङबाट लीला पुन, धर्मराज भारी, रोल्पाबाट घनश्याम आचार्य, गुल्मीबाट हीरा एसी र श्रीकृष्ण भुसाल, अर्घाखाँचीबाट जीवनारायण कोइराला, बाँकेबाट दिपक निरौला, प्यूठानबाट धर्म गिरी, पाल्पाबाट देवी लामिछाने छन् ।

साबिकको नेकपा एकीकृत समाजवादी र अन्य दलबाट पार्टी प्रवेश गरेका लाई प्रदेश कमिटीमा मनोनीत गरिएको हो । कार्यक्रममा एमाले लुम्बिनी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव छविलाल विश्वकर्मालगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । नामिबियाले पनि आफ्नो तेस्रो खेल नै खेल्न लागेको हो । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भइसकेको छ । लिग २ अंकतालिकामा हाल नेपाल र ...
। धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए ...
: नेपाल–भारत सीमा हुँदै स्रोत खुलाउन नसकेको नेपाली नगद बोकेर आएका एकजना विराटनगरबाट आइतबार दिउँसो पक्राउ परेका छन्। सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साढे चार लाख नेपाली रुपैयाँ विराटनगर–६ का ३४ वर्षीय श्यामप्रसाद साह दिउँसो २ बजेतिर पक्राउ परेका हुन्। भारतबाट ई–साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले रोकेर ...
। सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । कतिपय ठाँउमा हात्तीलाई यातना दिइएको र अनुचित व्यवहार गरिएको भनी दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले हात्तीको संरक्षण र उनीहरुबाट हुनसक्ने मानविय नोक्सानी रोक्न ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले जंगली ...
। अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे ३ का २६ वर्षीय सुनिल डुम्जन छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाइ विभिन्न व्यक्तिहरूसँग ४८ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम