मुख्य समाचार
बाजुरा जिल्लामा रहेका सुदूरपश्चिम प्रदेशका दुई वटा प्रदेश गौरव सडकमा ३३ करोड बढी रकम फिर्ता
बाजुरा जिल्लामा रहेका सुदूरपश्चिम प्रदेशका दुई वटा प्रदेश गौरव सडकमा ३३ करोड बढी रकम फिर्ता

। बाजुरा जिल्लामा रहेका सुदूरपश्चिम प्रदेशका दुई वटा प्रदेश गौरव सडकमा ३३ करोड बढी रकम फिर्ता गएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेश गौरवका सडक स्तरोन्नति र कालेपत्रेका लागि विनियोजन भएकोमा निर्माण कम्पनीले काम नगर्दा साढे ३३ करोड रुपैयाँ फिर्ता गएको हो ।

जिल्लाका मार्तडी–कोल्टी सडकमा गत आर्थिक वर्षको २० करोड र खप्तड–जयबागेश्वरी–गैरीखाद, डोगडी–आटीचौर हुदैँ मार्तडी जोड्ने सडकमा साढे १६ करोड रकम फिर्ता भएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले बताएका छन् ।

मार्तडी–कोल्टी सडकखण्ड निर्माणको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले गत आर्थिक वर्षको अन्त्यसम्म पनि बाँकी काम नगरेपछि २० करोड रुपैयाँ फिर्ता गएको हो । गत वर्ष मात्र नभई अघिल्ला वर्षमा पनि समयमै काम नगर्दा करोडौं बजेट फिर्ता हुदैँ आएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सडक स्तरोन्नति तथा कालोपत्रेका लागि १५ करोड बजेट थियो । तर ठेकेदारले काम नगर्दा १३ करोड ५० लाख बढी रकम फिर्ता भएको थियो ।

यस्तै प्रदेश गौरवको खप्तड–जयबागेश्वरी–गैरीखाद, डोगडी–आटीचौर हुदैँ मार्तडी जोड्ने सडकखण्डमा पनि ठेकेदार कम्पनीले काम नगर्दा साढे १३ करोड रकम फिर्ता भएको पुर्वाधार विकास कार्यालय अछामले जनाएको छ । गत आवमा उक्त सडकमा साढे १६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

तर २०७८/१२/१६ मा ठेक्का सम्झौता गरेर सडक निर्माणको जिम्मा लिएको केएसएमकेबिसी/तेज जेभी धनगढी कैलालीले आर्थिक वर्षको अन्त्यसम्म पनि काम नगर्दा साढे १३ करोड रकम फिर्ता भएको हो । गत आर्थिक वर्षमा उक्त सडकमा निर्माण कम्पनीले साढे दुई करोडको मात्रै काम गरेर बाँकी बजेट फिर्ता भएको जनाएको छ ।

मार्तडी कोल्टि सडक खण्डमा आर्थिक वर्ष २०७६/०७७ मा (२०७७ असार) २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले ढम्कनेदेखि चुथीसम्म ६ किलोमिटर र चुथीदेखि कोल्टीसम्म २६ किलोमिटरको ठेक्का लिएको थियो । चुथीदेखि ढम्कनेसम्मको सडक निर्माणको २०७७ पहिला नै सम्झौता भएको थियो ।

चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर सडक निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ को असारमा सम्झौता गरेको थियो । ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो । ३ वर्षमा काम नसकेपछि कार्यालयले पटकपटक म्याद थप गरेको थियो । म्याद थप गरे पनि आर्थिक वर्षको अन्त्यसम्म ठेकेदारले काम सुरु नगर्दा बजेट फिर्ता भएको जनाएको छ ।

कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो । पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाख रुपैयाँमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा हालसम्म ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा वर्षातमा मार्तडी–कोल्टी सडक बन्द हुने गरेको स्थानीय शंकरबहादुर चदाराले बताए ।

काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको हो । उनी बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेशका सभापति हुन् । मार्तडी–कोल्टी सडक जम्मा ४१ किलोमिटर छ । यो सडक प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटर बाहेक मार्तडीकादेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड बजेट विनियोजन भएको थियो ।

पहिलो खण्ड मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडकमा धेरै काम भइसकेको छ । चुथीदेखि ढम्कनेसम्म ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपूरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक २६ वर्षसम्म पनि पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताएका छन् । मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए । उनका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय ...
: कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन र माटोको उर्वराशक्ति सुधारका लागि विशेष रणनीति ल्याउन लागिएको बताएकी छन् । आइतबार धनुषा अनुगमनका क्रममा जनकपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि र सिँचाइ मन्त्रालयबीच सहकार्य गरेर एक एकीकृत योजना बनाइने बताइन् । उनले सिँचाइ र कृषि ...
। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेका छन् । घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ ...
। ३ असारमा काठमाडौं बसुन्धरास्थित ‘सिप प्रमाणीकरण कार्यक्रम’ केन्द्र उद्घाटन तयारी थियो । नेपालस्थित साउदी अरबका राजदूतले ‘स्किल भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) औपचारिक उदेघाटन गर्ने कार्यक्रम तय थियो । तर, म्यानपावर व्यवसायीहरू केन्द्र पुगेर ब्यानर र प्रवेशद्वारमा तोडफोड गरेपछि कार्यक्रम अवरुद्ध भयो । व्यवसायीको विरोधपछि केन्द्र सञ्चालन जिम्मेवारी पाएको ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) ले सूचना जारी ...
: बसको ठक्करबाट कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा मोटरसाइकलमा सवार २ जनाको मृत्युु भएको छ । तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका यशोधरा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम