। इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले मध्यपूर्वका छिमेकी देशहरूलाई आफ्नो शत्रु नमानेको बताएका छन् ।
इरानका कदमहरू अमेरिकाविरुद्ध मात्र लक्षित रहेको अराघचीले ताएका छन्।
इरान अखबारसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘क्षेत्रीय स्तरमा इरानले चालेका कदमहरू यस क्षेत्रका देशहरूप्रतिको शत्रुताले प्रेरित छैनन्। यी कदमहरू अन्य कारणहरूले गर्दा चालिएका हुन्। यी कारणहरूबारे सबै पक्षहरू सजग र जानकार छन्।’
द्वन्द्व समाप्त भएपछि तेहरानले छिमेकीहरूसँग वार्ता गर्ने योजना बनाएको छ। मन्त्रीले छिमेकी देशहरूसँग ‘विश्वास पुनर्स्थापित’ गर्न चाहेको उल्लेख गरेका छन्।