मुख्य समाचार
अमेरिकासँगको पुनः वार्ता प्रयासलाई लिएर इरानमा चुलियो विवाद
अमेरिकासँगको पुनः वार्ता प्रयासलाई लिएर इरानमा चुलियो विवाद

: मध्यस्थहरूले इरान र अमेरिकाबीच कूटनीतिक वार्ता अघि बढाउने प्रयास गरिरहेका बेला, युद्ध र वार्ताको अवस्थालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा इरान सरकार र सरकारी टेलिभिजन (आइआरआइबी) बीच सार्वजनिक मतभेद देखिएको छ । शुक्रबार सरकारी सूचना परिषद्ले राष्ट्रपति मसुद पेजेशकियनले यसै साता दिएको भाषणका केही महत्वपूर्ण अंश प्रसारण नगरेको भन्दै सरकारी प्रसारक आइआरआइबीमाथि ‘सेन्सरशिप’ गरेको आरोप लगायो ।


सर्वोच्च नेताले नियुक्त गर्ने प्रमुखद्वारा सञ्चालित आइआरआइबीले शनिबार प्रतिक्रिया दिँदै सरकारका आरोप अस्वीकार ग¥यो । टेलिभिजनले देशको नेतृत्वभित्र विभाजन भएको गलत सन्देश नजाओस् भन्ने आफ्नो दायित्व रहेको बतायो ।




खामेनीले निजी रूपमा दिएका थिए वार्ताको अनुमति
राष्ट्रपति पेजेशकियनले आफ्नो भाषणमा गत वर्ष इजरायलसँग भएको १२ दिने युद्धपछि तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सार्वजनिक रूपमा अमेरिकासँग वार्ता नहुने बताएका भए पनि निजी रूपमा भने अनुमति दिएको खुलासा गरेका थिए । उनले भने, ‘हामी सम्माननीय नेतासँग भेट्न गयौं, देश ‘न युद्ध, न शान्ति’ को अवस्थाले समस्यामा परेको जानकारी दियौं । त्यसपछि उहाँले हामीलाई वार्ता गर्न निर्देशन दिनुभयो । हामीले उहाँकै आदेशअनुसार वार्ता सुरु गरेका हौं ।’

सरकारको आरोप
सरकारले उक्त भाषणको अंश काटिएको मात्र नभई पछिल्ला दिनमा संसद् अध्यक्ष तथा मुख्य वार्ताकार मोहम्मद बाघेर घालिबाफको अन्तर्वार्ताको वार्तासम्बन्धी भाग पनि हटाइएको जनाएको छ । त्यसैगरी न्यायपालिकाका प्रमुख घोलाम–होसैन मोहसेनी–एजेईले राष्ट्रपतिलाई समर्थन गरेको भाषणको अंश पनि प्रसारण नगरिएको सरकारको दाबी छ ।

विदेशमन्त्रीको पनि असन्तुष्टि
विदेशमन्त्री अब्बास अराघचीले पनि आइआरआइबीको आलोचना गर्दै अमेरिकी सञ्चारमाध्यम फक्स न्यूज, सीएनएनलगायतमा दिएको अन्तर्वार्तामा इरानको पक्ष बलियो रूपमा प्रस्तुत गरे पनि सरकारी टेलिभिजनले त्यसका एक–दुई वटा उपशीर्षक मात्र देखाएको गुनासो गरे । उनले अमेरिकासँग गत महिना भएको अहिले स्थगित सम्झौता ज्ञापन (एमओयु) नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीमाथि जबरजस्ती थोपरिएको भन्ने कट्टरपन्थीहरूको दाबी पनि अस्वीकार गर्दै त्यो परिस्थितिअनुसार सम्भव भएको सबैभन्दा राम्रो सम्झौता रहेको बताए ।

‘कट्टरपन्थी गुट’ माथि सरकारको आरोप
सरकारले विज्ञप्तिमा आइआरआइबीभित्र रहेको एउटा राजनीतिक गुटले यस्ता गतिविधि गरिरहेको आरोप लगाउँदै त्यसले राष्ट्रिय सुरक्षा र सामाजिक एकतालाई कमजोर बनाउन सक्ने चेतावनी दिएको छ । सरकारको संकेत अल्ट्रा–कट्टरपन्थी पायदारी फ्रन्टतर्फ रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम