मुख्य समाचार
प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी
प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी

: नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर चलोस् भन्ने चाहेपनि दुई दलबीच एउटै सरकारमा बस्ने स्थितिको जानकारी पाएपछि नेकपाले एमालेसँग सत्ता सहकार्य अगाडि बढाएको श्रेष्ठले बताएका हुन्।

उनले कांग्रेस र एमालेमध्ये एउटासँग सहमति गर्नुपर्ने स्थिति वामपन्थी शक्तिसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए। ‘नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर प्रदेश सरकारहरू सञ्चालन भइरहेको अवस्थामा हाम्रो पार्टी बाँकी अवधिका लागि पनि त्यही सरकार निरन्तर चलोस् भन्ने चाहन्थ्यो। कम्तीमा पनि हामी यतिबेला सरकार फाल्ने वा बनाउने कार्यमा संलग्न हुन चाहँदैन थियौं। हामीले यही कुरा कांग्रेस र एमालेसँग गरेका पनि थियौं। तर कांग्रेस र एमाले एउटै सरकारमा बस्दै नबस्ने स्थिति आएपछि तत्काल प्रदेशसभा विघटनमा जान नदिनका लागि हामीले सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय लिनुपर्ने स्थितिमा पुगेका हौं।’ श्रेष्ठले सामाजिक सञ्जालमार्फत भने,‘त्यसरी सरकार बनाउँदा कांग्रेस र एमालेमध्ये कुनै एउटासँग सहमति गर्नुपर्ने स्थिति उत्पन्न भएपछि वामपन्थी शक्तिसँग सहकार्य गर्ने पार्टीको नीति अनुसार हिजोको सहमति भएको हो।’null

पूर्वउपप्रधानमन्त्री श्रेष्ठले अब प्रदेशहरूमा सरकारहरू गठन गर्ने प्रक्रियामा अघि बढिरहँदा हामीले प्रारम्भदेखि नै गत कालका कमजोरीहरू दोहोरिन नदिन संकल्प गर्नुपर्ने बताए। उनल मुख्यमन्त्री वा मन्त्रीहरु बन्नु पार्टीको प्राथमिक विषय नभएको बताए। ‘मुख्यमन्त्री वा मन्त्रीहरु बन्नु हाम्रो प्राथमिकता विषय होइन, हाम्रो सरकार, मुख्यमन्त्री वा मन्त्रीहरूले संघीयताको सार्थकता बोध गराउने गरी प्रदेश र प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ।’ श्रेष्ठले भकांग्रेस छन्, ‘सरकारको नीति ,कार्यक्रम र निर्णयहरू संविधानले निर्देश गरे अनुरुप समाजवादउन्मुख समृद्धिको पक्षमा कसरी बनाउने र सरकारका मन्त्रीहरुको जीवन आचरण ,कार्यशैली र संस्कृति कसरी वामपन्थी सरकारको मन्त्रीहरूको जस्तो बनाउने भन्नेमा केन्द्रित हुनु पर्दछ। अब त्यसमा कुनै सम्झौता वा हेलचक्याई हुन सक्दैन, हुनु हुँदैन।’

उनले नेकपाको हकमा हामीले पार्टीको अनुगमन तथा मूल्याङ्कन विभागद्वारा प्रमुख कार्यसम्पादन सूचक विधिमार्फत शुरुदेखि नै अनुगमन तथा मूल्यांकन प्रक्रिया अघि बढाउने बताए। null

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ।शनिबार भएको सहमति अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने भएको छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमतिमा उल्लेख छ।

यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ । सहमतिपत्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाजुरा जिल्लामा रहेका सुदूरपश्चिम प्रदेशका दुई वटा प्रदेश गौरव सडकमा ३३ करोड बढी रकम फिर्ता गएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेश गौरवका सडक स्तरोन्नति र कालेपत्रेका लागि विनियोजन भएकोमा निर्माण कम्पनीले काम नगर्दा साढे ३३ करोड रुपैयाँ फिर्ता गएको हो । जिल्लाका मार्तडी–कोल्टी सडकमा गत आर्थिक वर्षको २० करोड र खप्तड–जयबागेश्वरी–गैरीखाद, डोगडी–आटीचौर ...
: कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन र माटोको उर्वराशक्ति सुधारका लागि विशेष रणनीति ल्याउन लागिएको बताएकी छन् । आइतबार धनुषा अनुगमनका क्रममा जनकपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि र सिँचाइ मन्त्रालयबीच सहकार्य गरेर एक एकीकृत योजना बनाइने बताइन् । उनले सिँचाइ र कृषि ...
। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेका छन् । घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ ...
। ३ असारमा काठमाडौं बसुन्धरास्थित ‘सिप प्रमाणीकरण कार्यक्रम’ केन्द्र उद्घाटन तयारी थियो । नेपालस्थित साउदी अरबका राजदूतले ‘स्किल भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) औपचारिक उदेघाटन गर्ने कार्यक्रम तय थियो । तर, म्यानपावर व्यवसायीहरू केन्द्र पुगेर ब्यानर र प्रवेशद्वारमा तोडफोड गरेपछि कार्यक्रम अवरुद्ध भयो । व्यवसायीको विरोधपछि केन्द्र सञ्चालन जिम्मेवारी पाएको ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) ले सूचना जारी ...
: बसको ठक्करबाट कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा मोटरसाइकलमा सवार २ जनाको मृत्युु भएको छ । तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका यशोधरा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम