मुख्य समाचार
रुस–युक्रेन युद्धका बीच काला सागर (ब्ल्याक सी) क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण
रुस–युक्रेन युद्धका बीच काला सागर (ब्ल्याक सी) क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण

: रुस–युक्रेन युद्धका बीच काला सागर (ब्ल्याक सी) क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण रोकिएको छैन । युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसामा शनिबार मर्चेन्ट जहाज एम एजीएन राग्रारमाथि अर्को आक्रमण भएको छ ।

उक्त जहाजमा चार जना भारतीय नागरिक (नाविक) सवार थिए । कीभस्थित भारतीय दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा चारमध्ये दुई जना भारतीय सुरक्षित रहेको, अन्य दुई जना बेपत्ता रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।

एक सातामै दोस्रो ठूलो आक्रमण

युक्रेनस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भनेको छ, ‘जुलाई २५ मा ओडेसा बन्दरगाहमा मर्चेन्ट जहाजमाथि भएको आक्रमणपछि भारतीय दूतावासले घटनालाई निरन्तर निगरानी गरिरहेको छ । जहाजमा चार जना भारतीय नागरिक सवार थिए । हालसम्म प्राप्त जानकारीअनुसार दुई जना सुरक्षित छन् भने अन्य दुई जनाको अवस्थाबारे जानकारी संकलन भइरहेको छ । खोज तथा उद्धार अभियान जारी छ र दूतावास स्थानीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।’
यो घटना अझ चिन्ताजनक मानिएको छ, किनभने जुलाई १९ मा ओडेसा बन्दरगाहबाट प्रस्थान गरिरहेको मालवाहक जहाजमाथि भएको आक्रमणमा चार जना भारतीय नाविकको मृत्यु भएको थियो । त्यस घटनापछि भारतले कडा आपत्ति जनाउँदै वरिष्ठ रुसी कूटनीतिक अधिकारीलाई बोलाएर विरोध जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम