मुख्य समाचार
प्रदीप पौडेलले डा. गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढीकरणको पक्षमा रहेको बताए
प्रदीप पौडेलले डा. गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढीकरणको पक्षमा रहेको बताए

। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डा. गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढीकरणको पक्षमा रहेको बताएका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका पौडेलले आइतबार फेसबुकमार्फत यस्तो बताएका हुन् ।

‘हाल डा. गोविन्द के.सी.ले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्तत: दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा छ,’ महामन्त्री पौडेलले भनेका छन्, ‘तर, पुन: विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्‍याउने खेल भइरहेको देखिन्छ ।’






उनले विश्वविद्यालय सञ्चालनका लागि सर्वप्रथम गेटा अस्पताललाई कम्तीमा ३०० बेडको क्षमतामा सञ्चालन गर्नु अनिवार्य रहेको बताएका छन् । ‘प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई यसमा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा यो काम सम्पन्न गर्न सकिन्छ,’ पौडेलले भनेका छन् ।




हिजो आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रहँदा गेटा अस्पताल सञ्चालन गर्न तथा एमबीबीएस पठनपाठन सुरु गर्न बजेटमा नै स्रोत सुनिश्चितता गरेको उनले उल्लेख गरेका छन् ।

‘त्यतिबेला पनि स्थानीयवासीको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भयो, तथापि अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न हाम्रो पूर्ण तयारी थियो,’ पौडेलले भनेका छन् ।

गेटा अस्पताललाई तत्काल ३०० बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सुल्टो र व्यावहारिक बाटो रहेको उनले औँल्याएका छन् ।

‘यसो नगरीकन न त विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ, न त एमबीबीएसको पठनपाठन नै सुरु हुनसक्छ,’ पूर्वमन्त्री पौडेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन र माटोको उर्वराशक्ति सुधारका लागि विशेष रणनीति ल्याउन लागिएको बताएकी छन् । आइतबार धनुषा अनुगमनका क्रममा जनकपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि र सिँचाइ मन्त्रालयबीच सहकार्य गरेर एक एकीकृत योजना बनाइने बताइन् । उनले सिँचाइ र कृषि ...
। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेका छन् । घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ ...
। ३ असारमा काठमाडौं बसुन्धरास्थित ‘सिप प्रमाणीकरण कार्यक्रम’ केन्द्र उद्घाटन तयारी थियो । नेपालस्थित साउदी अरबका राजदूतले ‘स्किल भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) औपचारिक उदेघाटन गर्ने कार्यक्रम तय थियो । तर, म्यानपावर व्यवसायीहरू केन्द्र पुगेर ब्यानर र प्रवेशद्वारमा तोडफोड गरेपछि कार्यक्रम अवरुद्ध भयो । व्यवसायीको विरोधपछि केन्द्र सञ्चालन जिम्मेवारी पाएको ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) ले सूचना जारी ...
: बसको ठक्करबाट कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा मोटरसाइकलमा सवार २ जनाको मृत्युु भएको छ । तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका यशोधरा ...
। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए । छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम