मुख्य समाचार
सडकबाट भोटेकोशी नदीमा खसेर एक ईभी गाडी चालकसहित बेपत्ता
सडकबाट भोटेकोशी नदीमा खसेर एक ईभी गाडी चालकसहित बेपत्ता

। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा सडकबाट भोटेकोशी नदीमा खसेर एक ईभी गाडी चालकसहित बेपत्ता भएको छ । शनिबार साँझ ५:४० बजेतिर स्याफ्रबेँसीबाट धुन्चेतर्फ आउन लागेको अनटेस्ट ईभी गाडी एकाएक सडकबाट खसेको हो ।

उक्त गाडी खसेको भिडिओ चिलिमे जलविद्युत् केन्द्रको सीसीटीभीबाट कैद भएको थियो । सो भिडिओ अहिले सामाजिक सञ्जालमा छाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उक्त गाडीका चालकको पहिचान अहिलेसम्म खुलिसकेको छैन । इन्स्पेक्टर डिल्लीराज सापकोटाका अनुसार अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसहितको टोलीले गाडी र चालकको खोजी गरिरहेको छ ।

उनले गाडीमा चालक मात्रै सवार रहेको जानकारी प्राप्त भएको अनलाइनखबरसँग बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आइफोनको चक्करमा लागेर बागलुङको बडिगाडमा आफ्नै साथीहरुको प्रहारबाट १७ वर्षीय किशोरको हत्या भएको छ । बडिगाड गाउँपालिका-१ का बोमबहादुर र देउमायाका छोरा लजिन थापाको आफ्नै साथीहरुले मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको रहस्य खुलेको हो । हत्यापछि शव लुकाएका उनका साथीहरुले गलत स्थान बनाइदिँदा प्रहरीले घटनाको ९ दिनपछि मात्र मृतकको शव फेला पारेको ...
— कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली खन्दा प्राचीन तामाका मुद्रा (सिक्का)सहितको करुवा फेला परेको छ । करुवाभित्र २ हजार ३ सय १४ थान तामाका सिक्का भेटिएका छन् । सबै मुद्राको तौल ७ किलो ३४ ग्राम रहेको छ । स्थानीय रामराज यादवको खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रासहितको करुवा फेला परेको हो । डेढ साताअघि करुवासहित तामाका ...
: १७ असार २०८१ मा तत्कालीन माओवादी केन्द्रसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस–एमालेले गठबन्धन घोषणा गरेका थिए। ७ बुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले स्थायी सरकार बनाउने बताएका थिए। सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली संघीय सरकारको प्रधानमन्त्री भए भने सातै प्रदेशमा भागबन्डा गरियो। संघीय सरकारको नेतृत्व देउवालाई हस्तान्तरण नगर्दै ...
: नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार भारत र अमेरिकी सरकारले बनाएको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे। उनले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ...
: नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ । शनिबार भएको सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम