मुख्य समाचार
सिन्धुपाल्चोकको दुई निजी अस्पताल र एक स्वास्थ क्लिनिक शिल गरिएको छ
सिन्धुपाल्चोकको दुई निजी अस्पताल र एक स्वास्थ क्लिनिक शिल गरिएको छ

: सिन्धुपाल्चोकको दुई निजी अस्पताल र एक स्वास्थ क्लिनिक शिल गरिएको छ । सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाँउपालिकास्थित पराजुली हेल्थ केयर प्रालि शिल गरिएको हो ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५२ र ५३ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) को दफा ६६ र ६७ को खण्ड (ख) बमोजिम कानुनी कारबाहीका लागि खटिएको संयुक्त टोलीले उक्त अस्पताल तथा हेल्थ केयर प्रालि शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २१, २२ र २७ तथा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) को दफा ६, ११ र १५ बमोजिम नियमानुसार अनुमति लिई सञ्चालन भएको नपाइएको तथा लामो अबधिदेखि नविकरण गरेको नपाइएको हुनाले ती निजी स्वास्थ्य संस्था शिल गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाई तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले जिल्लाका निजी स्वास्थ्य संस्थामाथि गरेको अनुगमन र दुई पटकसम्म पत्राचार गरी दर्ता नवीकरण तथा कानुनी प्रक्रियामा आउन निर्देशन दिँदा पनि अटेर गरेपछि शिल गरिएको हो । अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजत नलिई सञ्चालन गरेको, दर्ता तथा नविकरण नगरी सञ्चालन गरेको, अनाधिकृत रूपमा ल्याब तथा एक्स–रे सेवा सञ्चालन गरेको, सम्बन्धित निकायको निर्देशन समेत पालना नगरेको पाइएको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभर बजार अनुगमनलाई अझ तीव्र बनाएको जनाएको छ । कानुन विपरित सञ्चालन भएका तथा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि आवश्यक कानुनी कारबाही गरिने प्रशासनको भनाई छ । यसैबीच, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पनि निजी स्वास्थ्य संस्थाको नियमित अनुगमनलाई थप तीव्र बनाएको जनाएको छ ।

कार्यालयले सबै स्वास्थ्य संस्थालाई प्रचलित कानुन तथा मापदण्डअनुसार दर्ता, नवीकरण र सेवा सञ्चालन गर्न आग्रह गर्दै अटेर गर्ने संस्थामाथि आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ । जनस्वास्थ्य माथि खेलवाड गर्ने तथा प्रक्रियामा नआउने जुनसुकै स्वास्थ्य संस्थालाई कारबाही जनस्वास्थ्य कार्यालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...
। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण डिजिटल प्रणालीमा लैजाने गरी महत्वपूर्ण निर्णय गरेको छ। बोर्डले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल सुधारसम्बन्धी विभिन्न निर्णय ...
। गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ । यो विधेयक यही असोज ५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा दर्ता गरेकी छन् । जसमा सुरक्षित गर्भपतन सम्बन्धी ...