मुख्य समाचार
ऊर्जामन्त्रीको निर्देशनपछि बिजुली बिलमा भ्याटबारे राजस्वसँग राय माग
ऊर्जामन्त्रीको निर्देशनपछि बिजुली बिलमा भ्याटबारे राजस्वसँग राय माग

। नेपाल विद्युत् प्राधिकरणले असारमा खपत गरिएको बिजुलीको बिलको साउनमा भ्याट लिएको विषयमा आन्तरिक राजस्व विभागसँग राय माग गरेको छ ।

‘बिजुलीमा भ्याट : साउनदेखि उठाउनुपर्ने, सरकारले असारबाटै असुल्यो’ शीर्षकमा अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् प्राधिकरणलाई उपभोक्तालाई अन्याय नहुनेगरी समाधान गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा प्राधिकरणले विभागलाई पत्र पठाउँदै विभागसँग औपचारिक राय माग गरेको हो ।

आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने व्यवस्था भएको तर असार महिनाको विद्युत् खपतमा समेत भ्याट जोडेर बिल पठाइएको विषयमा देखिएको जनगुनासोप्रति मन्त्री श्रेष्ठले गम्भीर चासो भएको जनाएका थिए ।


असार महिनामा खपत भएको विद्युत्को बिल साउनको पहिलो सातामा जारी गर्दा भ्याट समावेश गरिएको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएपछि मन्त्री श्रेष्ठले प्राधिकरणलाई विषयको कानुनी र व्यवहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड दिँदै देखिएका अन्योल तत्काल समाधान गर्न निर्देशनसमेत दिएका थिए ।

मन्त्री श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युतको बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या खोज्दै आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ । साथै, न्यूनतम डिमान्ड चार्जमा पनि भ्याट लागु हुने वा नहुने विषयमा समेत विभागको धारणा मागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको बिलमा आवश्यक मूल्य समायोजन गरिनेछ । यसबाट उपभोक्ताबाट उठेका गुनासोको समाधान हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: १७ असार २०८१ मा तत्कालीन माओवादी केन्द्रसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस–एमालेले गठबन्धन घोषणा गरेका थिए। ७ बुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले स्थायी सरकार बनाउने बताएका थिए। सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली संघीय सरकारको प्रधानमन्त्री भए भने सातै प्रदेशमा भागबन्डा गरियो। संघीय सरकारको नेतृत्व देउवालाई हस्तान्तरण नगर्दै ...
: नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार भारत र अमेरिकी सरकारले बनाएको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे। उनले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ...
: नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ । शनिबार भएको सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले ...
। सार्वजनिक जग्गा अतिक्रमण गरी गोरखा नगरपालिका–११ मा विस्तार भएको बाह्रकिलो बजार हटेसँगै नयाँ ठाउँमा बजार बसाउन स्थानीयबीच हानथाप चलेको छ । विशेषगरी बाह्रकिलो र तेह्रकिलोका स्थानीयवासी बजार बसाउन अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन् । आ–आफ्नो क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न उनीहरू तल्लिन देखिन्छन् । बजार व्यवस्थापनमा राजनीतिक बाछिटासमेत पर्न थालेको छ । बाह्रकिलोका स्थानीयले सडकको दायाँबायाँ १५ ...
: कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १६ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । कँडेल नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हुन् । एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम