। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार बनाउने जिम्मा उपकुलपतिलाई दिइएको बताएका छन् ।
शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पोखरेलले विश्वविद्यालय स्वायत्त निकाय भएकाले आफ्नो टिम बनाउन उपकुलपतिलाई नै दिइएको उनले बताए ।
‘विश्वविद्यालयलाई स्वतन्त्र र स्वायत्त निकाय हो । भीसीलाई डिसिजन गर्न, टिम आफ्नो किसिमले बनाउनुहोस भनेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘उपकुलपति हामीले पारदर्शी ढंगले बनायौ । रेक्टर रजिस्ट्रार डिन बनाउन राजनीतिक हस्तक्षेप हुदैन ।’
त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा रेक्टर रजिस्ट्रार नियुक्तिमा ढिलाइ भइरहेको छ । निमित्तको भरका काम भइरहेको छ । मन्त्री पोखरेलले नियुक्तिमा ढिलाइ भएकोमा चासो व्यक्त गर्दै छिटै रेक्टर रजिस्ट्रार नियुक्त हुने विश्वास व्यक्त गरे ।