मुख्य समाचार
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा

। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए । शनिबार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो ।

गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले राजीनामा दिएका थिए ।

कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यति बेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि काँग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए ।


सोही अनुसार २०८१ साल साउनमा कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी भएको थियो । एमालेले सत्ता सहकार्यमा घोका दिएको र पूर्व सहमति अनुसार काँग्रेसलाई सत्ता हस्तान्तरण नगरेको आरोप लगाउँदै आएको थियो ।

काँग्रेसका चार मन्त्रीले राजीनामा दिएको भोली पल्ट नै काँग्रेसले नेकपासँग सत्ता सहकार्य अगाडी बढाएको छ । सोही अनुसार मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले प्लाइउड निर्यातका अवरोध हटाउन निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिबीच शुक्रवार सिंहदरबारमा भएको भेटवार्तामा प्लाइउड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्रीले प्लाइउड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिनुभएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति ...
। गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पनौटा स्थित कालीगण्डकी नदीको बगरमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार दिउँसो स्थानीयवासीले नदीले बगाएर ल्याएको जस्तो देखिने एक महिलाको शव घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा उक्त ...
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले दुई वटा प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग थप परामर्श गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको छ । जसमा अन्य पाँच वटा प्रदेशको नेतृत्व लिनेबारे सहमति भएको थियो । यद्यपि गण्डकी र मधेश प्रदेशको ...
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ । जस अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो । सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले ...
। गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम