मुख्य समाचार
नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिकारी बाटोबाट पछि नहट्ने बताए
नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिकारी बाटोबाट पछि नहट्ने बताए

। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिकारी बाटोबाट पछि नहट्ने बताएका छन् ।

रुपन्देहीको भैरहवामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था र वैदेशिक हस्तक्षेपविरुद्ध आफ्नो पार्टी निरन्तर लडिरहने बताएका हुन् ।

कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसदीय राजनीतिले देश र जनताका वास्तविक समस्या समाधान गर्न नसकेको दाबी गरे । वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई स्वाधीन बनाउनुको साटो झन्–झन् परनिर्भर र संकटग्रस्त बनाएको उनको तर्क थियो ।

‘संसद्‌वादी हुनुभन्दा एक्लै भएपनि देश र जनताको पक्षमा लड्दा-लडदै बलिदान गरिन्छ,’ कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा विप्लवले भने, ‘तर, संसद्‌वाद र साम्राज्यवादसँग आत्मसमर्पण गरिँदैन ।’


विप्लवले क्रान्ति र परिवर्तनको यात्रामा उतारचढाव आएपनि सिद्धान्त र निष्ठा छाडेर संसदीय दलदलमा नफस्ने स्पष्ट पारे ।

देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारका लागि सम्झौताहीन संघर्ष नै आफ्नो पार्टीको मुख्य कार्यदिशा रहेको उनले बताए ।

नेपालको वर्तमान आर्थिक तथा राजनीतिक संकटको मुख्य कारण दलाल पुँजीवाद र वैदेशिक हस्तक्षेप भएको उल्लेख गर्दै उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ । जस अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो । सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले ...
। गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ ...
। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, ...
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार बनाउने जिम्मा उपकुलपतिलाई दिइएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पोखरेलले विश्वविद्यालय स्वायत्त निकाय भएकाले आफ्नो टिम बनाउन उपकुलपतिलाई नै दिइएको उनले बताए । ‘विश्वविद्यालयलाई स्वतन्त्र र स्वायत्त निकाय हो । भीसीलाई डिसिजन गर्न, टिम आफ्नो किसिमले बनाउनुहोस भनेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘उपकुलपति हामीले ...
। काभ्रेको धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–२१ सतुङ्गल बस्ने ३० वर्षीय डेनिष प्रधानको मृत्यु भएको हो । उनी अन्नपूर्ण केबल लाइन सतुंगलमा कार्यरत रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम