मुख्य समाचार
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेटवार्ता

। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा नेपाल र स्वीट्जरल्यान्डबीच द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूबारे छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीचको सम्बन्ध सधैं सौहार्दपूर्ण, मैत्रीपूर्ण तथा सहयोगात्मक रहँदै आएको स्मरण गरे ।

‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरूले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन र नयाँ गति दिन सहयोग पुगेको छ,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको निरन्तर सहयोग र सद्भावप्रति नेपालले हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’


उपराष्ट्रपति यादवले स्वीस विकास तथा सहयोग नियोग (एसडीसी) को प्राथमिकतामा नेपाललाई निरन्तर राखेकोमा खुसी व्यक्त गर्दै भूकम्पपछिको पुनर्निर्माण, झोलुङ्गे पुल निर्माण, रोजगारी सृजना तथा प्राविधिक सहयोगजस्ता कार्यक्रमहरूले जनस्तरको तल्लो तहसम्म प्रत्यक्ष लाभ पुगेको उल्लेख गरे ।

राजदूत डा. मोन्टेलियोनले नेपाल र स्वीट्जरल्यान्डको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै स्वीस सरकार नेपालको उद्योगलगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गरे । साथै, पूर्वाधार निर्माण ...
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार र आइतबारको बिदाले भविष्यमा नतिजा दिने बताएका छ । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पोखरेलले भने, ‘शनिबार र आइतबार बिदाको विषय अहिलेको लागि अनपपुलर डिसिजन हो, थाहा छ । तर लङ ट्रममा मेन्टल हेल्थको इस्सु देखि लिएर प्रडक्टिभिटी बढाउछ ।’ अभिभावकलाई पनि दुई दिन बिदा आवश्यक रहेको उनले बताए । ‘अभिभावक ...
। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिकारी बाटोबाट पछि नहट्ने बताएका छन् । रुपन्देहीको भैरहवामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था र वैदेशिक हस्तक्षेपविरुद्ध आफ्नो पार्टी निरन्तर लडिरहने बताएका हुन् । कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसदीय राजनीतिले देश र जनताका वास्तविक समस्या समाधान गर्न नसकेको दाबी गरे । वर्तमान राजनीतिक ...
। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि रक्षा गर्ने उद्देश्यसहित नामिबियाका रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ । लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रुपमा शुक्रबार ट्रम्पलमनलाई अनुबन्ध गरेको जनाएको छ । देब्रेहाते तीब्र गतिका २८ वर्षे बलर ट्रम्पलमन लुम्बिनी लायन्सले दोस्रो संस्करणमा उपाधि जित्दा प्लेयर अफ द टूर्नामेन्ट` चुनिएका थिए । उनले ६.७२ ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युत्लाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताएका छन् । उनले यसका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त छ वा नयाँ कानुन आवश्यक पर्छ भन्ने विषयमा सरकारले अध्ययन गरिरहेको जानकारी दिए । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम