मुख्य समाचार
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन निर्देशन
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन निर्देशन

। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन निर्देशन दिएका छन् ।

पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल टेलिकमलाई यस्तो निर्देशन दिएका हुन् ।

त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्नसक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ । टेलिफोन टावर निर्माणका लागि सामान धनगढी, कैलालीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध हुँदा चाँडो काम गर्न सकिने टेलिकमको भनाइ छ ।


सञ्चारमन्त्री तिमिल्सिनाले शुक्रबारै बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग कुन–कुन ठाउँमा कस्तो पूर्वाधार आवश्यक छ भनेर छलफल पनि गरेका थिए ।

बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४२०० मिटर उचाइ) मा फोरजी सेवा तत्काल गर्ने लक्ष्य राखेको छ । साथै सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४ जी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको टेलिकमले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युत्लाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताएका छन् । उनले यसका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त छ वा नयाँ कानुन आवश्यक पर्छ भन्ने विषयमा सरकारले अध्ययन गरिरहेको जानकारी दिए । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ...
। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन् । वामपन्थी शक्तिहरूले आफ्नै विगतको भुमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ अफिम युद्धजस्तै साम्राज्यवादीले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिमबाट लठ्ठ पारेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । ‘साम्राज्यवादीहरूले चीनको प्राकृतिक स्रोतसाधन कसरी लुट्ने भन्दा त्यहाँका जनतालाई अफिमको लत बसाइदिने,’ प्रचण्डल चीनको घटना भन्दै अगाडि भने, ‘आम रूपमा जनतालाई ...
। सरकारले फ्रान्सको सरकारी कम्पनी आईएन ग्रुपबाट राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम खरिद गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धाबिना नै सरकार–सरकार (जी टु जी) माध्यमबाट अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम (एबीआईएस) खरिद गर्न लागेको हो। करिब एक करोड युनिटमा खरिद गरिने उक्त प्रणालीले एकअर्काको पहिचान छुट्याउन सहज हुन्छ। एबीआईएसले लाखौँको सङ्ख्यामा रहेका व्यक्तिहरूको वैयक्तिक ...
। प्रहरीले धनुषामा गोली चलाएर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरले शुक्रबार ढल्केवरको पुल नजिक गोली चलाएर ती दुईजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) मधुसुदन न्यौपाने उनीहरूसँग ९५.५९० ग्राम खैरो हेरोइन फेला परेको जानकारी दिए । पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम