मुख्य समाचार
योर्गेन क्लोप जर्मनी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त
योर्गेन क्लोप जर्मनी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

। योर्गेन क्लोप जर्मनी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रिमियर लिग क्लब लिभरपुल छाडेको दुई वर्षपछि उनले पुनः प्रशिक्षणमा फर्किँदै सन् २०३० को फिफा विश्वकपसम्मको सम्झौता गरेका हुन् ।

५९ वर्षीय क्लोपले शुक्रबार औपचारिक रूपमा जिम्मेवारी सम्हाल्दै आफू जर्मनीलाई थप बलियो टोली बनाउने लक्ष्यका साथ आएको बताए । तर उनले जर्मन सञ्चारमाध्यमलाई परिवारको गोपनीयताको सम्मान गर्न कडा चेतावनी पनि दिएका छन् ।

उनले पूर्व प्रशिक्षक जुलियन नागेल्समानले मिडियाबाट अत्यधिक आलोचना र दबाब खेप्नुपरेको प्रसंग उल्लेख गर्दै आफू त्यस्तो अवस्था स्वीकार नगर्ने स्पष्ट पारे । केही दिनअघि सम्पन्न फिफा विश्वकपमा जर्मनी राउन्ड अफ ३२ बाटै बाहरिएपछि नागेल्समानले राजिनामा दिइसकेका थिए ।

क्लोपले भने, ‘मलाई राम्रो पारिश्रमिक दिइनेछ। यदि भोलि म असफल भएँ भने म हट्नेछु । जर्मन फुटबल संघ (डीएफबी) ले सम्झौता अन्त्य गर्ने निर्णय गर्‍यो भने पनि म स्वीकार्छु । तर यदि मेरो परिवारलाई दुःख दिने काम भयो भने म आफैं यो पद छाडिदिन्छु ।’


उनको नेतृत्वमा जर्मनीले पहिलो खेल सेप्टेम्बर २४ मा युइएफए नेसन्स लिगअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।

क्लोपले सन् २०२४ मा लिभरपुल छाड्दा आफू ‘ऊर्जाविहीन’ भएको बताएका थिए । उनले लिभरपुलमा नौ वर्षको अवधिमा प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, दुई लिग कप, क्लब विश्वकपसहित कुल छ उपाधि जिताएका थिए ।

लिभरपुलपछि उनले केही समय विश्राम लिएर रेड बुल समूहको ग्लोबल फुटबल प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसक्रममा उनले क्लब फुटबलमा पुनः फर्कने इच्छा नभएको बताएका थिए ।

क्लोपसँगै उनका पुराना सहायक प्रशिक्षक पेप लिजेन्डर्स र पिटर क्राभिट्ज पनि जर्मनीको प्रशिक्षण टोलीमा रहनेछन् । पूर्व जर्मन अन्तर्राष्ट्रिय स्वेन बेन्डर पनि प्रशिक्षक समूहमा समावेश छन् ।

यस्तै, आन्द्रेयास रेटिगको स्थानमा पूर्व जर्मन डिफेन्डर पेर मर्टेसाकर आगामी जनवरीदेखि जर्मनीको खेल निर्देशक बन्नेछन् ।

-स्काइ स्पोर्ट्सबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम