मुख्य समाचार
काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ११५ जनालाई प्रहरीले नियन्त्रणमा
काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ११५ जनालाई प्रहरीले नियन्त्रणमा

। काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबैभन्दा धेरै काठमाडौंबाट १०८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरबाट ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न प्रहरी युनिटको नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी २८ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


१ हजार ८३ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८३ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

जसमा तीव्र गतिमा सवारी साधन चलाउने ५५ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ६३ जना र रातो बत्तीको उल्लंघन गर्ने ४८ जना चालक कारबाहीमा परेका हुन् ।

यसैगरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४९ जना, अनावश्यक हर्न बजाउने ३३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४९ जना र जथाभावी यात्री चढाउने तथा ओराल्ने २८ जना चालकहरू पनि कारबाहीमा परेका छन् ।

मदिरा पिएर सवारी साधन चलाउँदा, सडक लेन र रातो बत्तीको उल्लंघन गर्दा र तीव्र गतिमा सवारी साधन चलाउँदा कारबाहीमा परेका चालकहरूलाई ट्राफिक सचेतना कक्षा अनिवार्य गरिएको छ । काठमाडौं उपत्यकामा हिजो २३४ जना चालकहरू ट्राफिक सचेतना कक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात हजार २५१ फरार प्रतिवादीलाई पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट ४८, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट एक हजार २३२, कोशी प्रदेशबाट ९६०, मधेसबाट दुई हजार ११७, बागमतीबाट ७६०, गण्डकीबाट ४५२, लुम्बिनीबाट एक हजार १८१, कर्णालीबाट १८७ र सुदूरपश्चिमबाट ३१४ जना पक्राउ परेका ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको निर्णयबाट आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून निर्माण तथा सुधार वर्ष’ घोषणा गरिएको थियो । मन्त्री गौतमले ‘कानुन निर्माण तथा सुधार वर्ष’लाई सफल बनाउनका लागि उच्चस्तरीय कानून ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउनसके नेपाल ‘ग्रे लिस्ट’ बाट चाँडै बाहिर निस्कने आफ्नो विश्वास रहेको उनले बताए । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई बिहीबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा पञ्चायतकालभन्दा पनि दमनसहितको शासन चलिरहेको बताएका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन ।’ उनले आफूलाई पक्राउ गर्दा पनि दमन गरिएको आरोप लगाए । उनले आफूलाई पक्राउ गर्दा पार्टीका नेता कार्यकर्ताले विरोध गर्दा राज्यले दमन गरेको पनि ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामाथि हुने टिप्पणीमाथि आक्रोश व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई-तीन पार्टीले खाए भनेर भनिएको भन्दै आपत्ति जनाएका हुन् । उनले पार्टीले खाएको नभई योगदान दिएको बताए । ‘तीन पार्टीले खाए रे ! खाए भन्ने कुरा हो र बलिदान दिए । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम