मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै

। प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज छलफल गर्दैछन् ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुनेछ ।

छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उद्योगी व्यवसायीसँग सुझाव लिइनेछ ।

प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउने, लगानी तथा उत्पादन बढाउने र निर्यात प्रवर्द्धनका विषयमा निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन् ।

प्रधानमन्त्री बालेनले हिजो मात्रै चिया उद्योगीहरुसँग छलफल गरेका थिए ।

त्यसअघि उनले हस्तकला महासंघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका थिए ।

तर यी छलफलहरुमा अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरुलाई भने सहभागी गराइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा पञ्चायतकालभन्दा पनि दमनसहितको शासन चलिरहेको बताएका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन ।’ उनले आफूलाई पक्राउ गर्दा पनि दमन गरिएको आरोप लगाए । उनले आफूलाई पक्राउ गर्दा पार्टीका नेता कार्यकर्ताले विरोध गर्दा राज्यले दमन गरेको पनि ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामाथि हुने टिप्पणीमाथि आक्रोश व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई-तीन पार्टीले खाए भनेर भनिएको भन्दै आपत्ति जनाएका हुन् । उनले पार्टीले खाएको नभई योगदान दिएको बताए । ‘तीन पार्टीले खाए रे ! खाए भन्ने कुरा हो र बलिदान दिए । ...
। नक्कली आयुर्वेदिक औषधी बजारमा सप्लाइ गर्ने र बेच्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा प्युठानको झिमरुक गाउँपालिका–७ घर भएका २६ वर्षीय रामप्रसाद पोखरेल, ताप्लेजुङको श्रीगंगा गाउँपालिका–७ का २९ वर्षीय आइतमान ताम्लिङ लिम्बू, सोही ठाउँका ३३ वर्षीय उज्वल लिम्बू, ललितपुर महानगरपालिका–७ का ४२ वर्षीय सन्दीप महर्जन र नुवाकोटको विदुर नगरपालिका–२ का ४१ वर्षीय गोकर्ण ...
। मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका ४ भद्रचोकमा बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झापाको गौरीगञ्ज गाउँपालिका ६ बस्ने २८ वर्षीय वरुण कुमार राजवंशीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारको क्रममा रतुवामाई नगर अस्पताल झुरकिया मोरङमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुराना राजनीतिक दलको विषयमा भइरहेको टिप्पणीबारे आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ र पुराना पार्टीको नाममा द्वन्द्व सिर्जना गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् । ‘यहाँ नयाँ र पुराना दलको भाष्य गलत छ । धर्मका नाममा फुटाउन पनि खोजिएको थियो । अहिले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम