मुख्य समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् ।

बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिए ।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना, कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामाथि हुने टिप्पणीमाथि आक्रोश व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई-तीन पार्टीले खाए भनेर भनिएको भन्दै आपत्ति जनाएका हुन् । उनले पार्टीले खाएको नभई योगदान दिएको बताए । ‘तीन पार्टीले खाए रे ! खाए भन्ने कुरा हो र बलिदान दिए । ...
। नक्कली आयुर्वेदिक औषधी बजारमा सप्लाइ गर्ने र बेच्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा प्युठानको झिमरुक गाउँपालिका–७ घर भएका २६ वर्षीय रामप्रसाद पोखरेल, ताप्लेजुङको श्रीगंगा गाउँपालिका–७ का २९ वर्षीय आइतमान ताम्लिङ लिम्बू, सोही ठाउँका ३३ वर्षीय उज्वल लिम्बू, ललितपुर महानगरपालिका–७ का ४२ वर्षीय सन्दीप महर्जन र नुवाकोटको विदुर नगरपालिका–२ का ४१ वर्षीय गोकर्ण ...
। मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका ४ भद्रचोकमा बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झापाको गौरीगञ्ज गाउँपालिका ६ बस्ने २८ वर्षीय वरुण कुमार राजवंशीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारको क्रममा रतुवामाई नगर अस्पताल झुरकिया मोरङमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुराना राजनीतिक दलको विषयमा भइरहेको टिप्पणीबारे आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ र पुराना पार्टीको नाममा द्वन्द्व सिर्जना गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् । ‘यहाँ नयाँ र पुराना दलको भाष्य गलत छ । धर्मका नाममा फुटाउन पनि खोजिएको थियो । अहिले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३/२४ गतेको जेनजी आन्दोलन इतिहासकै धेरै ध्वंसात्मक भएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा टिप्पणी गरेका हुन् । ‘विभिन्न देशमा चुनाव हुन्छ तर लोकतन्त्र हुँदैन । यहाँ हाम्रो देशमा पनि के भयो भनेर बोल्नलाई जिब्रो चपाइरहनुपर्दैन । भदौ २३/२४ गते ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम