: बिभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका छन् ।
सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई नागरिकतामा स्थायी ठेगाना भएको स्थानमा नै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका हुन् । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले काठमाडौंमा जस्तो अन्य स्थानमा सहज रुपमा रोजगारी नपाइने भएकाले जीवनयापनमा समस्या हुन सक्ने जनाएका छन् ।
सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरे जहाँ भए पनि आफूहरु बस्न तयार रहेको उनीहरुको भनाइ छ । नागरिक बचाउ महाअभियान, सकुम्वासी समायोजन समितिको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले शीघ्र पहिचान, प्रमाणीकरण र स्थायी व्यवस्थापन गर्नुपर्ने, कानून बमोजिम जग्गाधनी पूर्जा दिनुपर्ने, सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने लगायका माग राखेका छन् ।