मुख्य समाचार
प्रहरीले अवैध लागूऔषध सहित दुई जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ
प्रहरीले अवैध लागूऔषध सहित दुई जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ

: लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले अवैध लागूऔषध सहित दुई जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४५ वर्षीय दिपक श्रेष्ठ र बझाङ खप्तडछान्ना गाउँपालिका–१ घर भएका ३५ वर्षीय सागर जेठारा रहेका छन् । पक्राउमध्ये दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन १ सय ३६ ग्राम र नगद १ लाख रूपैयाँ तथा सागरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ९० ट्याब्लेट, टापेन्टाडोल ७ हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम १ हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट सहित पक्राउ गरेको हो ।

यस्तै मोरङको रंगेली नगरपालिका–७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया बौकाहा मझरा घर भएका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ३८ एएच ७१९३ नम्बर र बिआर ३८ ए क्यू ८२४३ नम्बरको मोटरसाइकलहरू बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले काठमाडौंको नदी किनारबाट विस्थापित गरेको सुकुम्वासीलाई गृह जिल्लामा फर्काउने भएको छ । गत वैशाख ११ गतेदेखि डोजर चलाएर विस्थापित सुकुम्बासीमध्ये होल्डिङ सेन्टरमा पठाएका परिवारमाथि छानबिन गर्दै सुकुम्बासीलाई स्थायी ठेगाना भएको जिल्लामा गएर पालिकामा सम्पर्क गर्न सूचना जारी गरेको हो। भूमी समस्या समाधान समितिले सूचना जारी गर्दै ३८८ परिवारका एक हजार ४८८ जनाको सम्पत्ति छानबिन ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांगठनिक सुदृढीकरण, आन्दोलन र पार्टी निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधबार जनकपुरमा नेकपा मधेश प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले मधेसमा बलियो पार्टी बनाउन सकिएमा समग्र देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्ने, अन्यथा ठूलो दुर्घटना व्यहोर्नु पर्ने खतरा ...
:सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्रीसम्बन्धी विवादमा कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश जारी गरेको छ। यो आदेशसँगै एनसेलको सेयर खरिद बिक्री विवादको अन्तिम टु्ंगो नियामक निकायले गर्नेछ। न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा ग्रुप र स्पेक्ट्रलाइट युके ...
: कुनै समय थियो, मालपोत कार्यालयमा सरुवा भएर जाने कर्मचारीलाई ‘भाग्यमानी पोस्टिङ’ भनिन्थ्यो। कार्यालय प्रमुखदेखि सामान्य कर्मचारीसम्म आफ्नो अनुकूलको मालपोत कार्यालय रोज्न राजनीतिक पहुँचदेखि प्रशासनिक शक्ति प्रयोग गर्नेसम्मका प्रयास गरेको प्रशस्तै उदाहरण छन्। मालपोतमा कार्यरत हुनु प्रतिष्ठा, अवसर र प्रभावसँग जोडिएर हेर्ने गरिन्थ्यो। भूमि प्रशासनसँग प्रत्यक्ष जोडिएको मालपोत कार्यालय कुनै बेला अत्यधिक आर्थिक चलखेल, राजनीतिक तथा ...
: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता कर फिर्ता लिने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । प्रधानमन्त्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम