मुख्य समाचार
सर्वोच्च अदालतले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीसम्बन्धी विवादमा कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश जारी
सर्वोच्च अदालतले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीसम्बन्धी विवादमा कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश जारी

:सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्रीसम्बन्धी विवादमा कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश जारी गरेको छ। यो आदेशसँगै एनसेलको सेयर खरिद बिक्री विवादको अन्तिम टु्ंगो नियामक निकायले गर्नेछ।

न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा ग्रुप र स्पेक्ट्रलाइट युके लिमिटेडबीचको शेयर खरिदबिक्री रद्ध गर्न सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो। सेयर खरिद रोक्न उनले २०८० मंसिर १५ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

सांसद सिंहले रिटमा नेपालको नियम,कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौता खारेज गर्न परमादेश माग गर्दै रिट दायर गरेका थिए। उनले २०८० मंसिर १५ गते दायर गरेका थिए। तर,१५ चैत्र २०८० मा प्राधिकरणले निर्णय गरिसकेको देखिएको भन्दै सर्वोच्चले उक्त रिट खारेज गरिदिएको थियो।
सेयर खरिद विवादमा अदालतले एनसेल र प्राधिकरण दुवैलाई निर्देशनात्मक आदेश दिएको छ। 'विपक्षी एनसेल आजियाटा लिमिटेडले पूर्ण खुलासाको सिद्धान्त विपरीत कार्य गरेको र बुझाउनुपर्ने कागजातहरू नबुझाएको समेत ठहर भइसकेको अवस्थामा नेपालमा दूर सञ्चार सेवा प्रदायक कम्पनीको रुपमा अनुमतिपत्र प्राप्त विपक्षी कम्पनीलगायतका सबै व्यक्तिहरूको कानुनबमोजिम प्रभावकारी नियमन गर्नू,गराउनू भनी विपक्षी दूरसञ्चार प्राधिकरणको नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ,'अदालतले सार्वजनिक गरेको निर्देशनात्मक आदेशमा भनिएको छ।

यस्तै एनसेललाई दूरसञ्चार ऐन २०५३,दूरसञ्चार नियमावली २०५४ ,नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली २०७६ तथा अनुमतिपत्रको शर्तसमेत अक्षरश: परिपालना गर्दै पारदर्शी र विधिसम्मत तरिकाले सेवा सञ्चालन गर्नू भनी निर्देशनात्मक आदेश दिएको छ।

मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेचेको थियो। स्वीकृति नलिइ बिक्री गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलले जवाफ मागेको थियो। दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) मा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले काठमाडौंको नदी किनारबाट विस्थापित गरेको सुकुम्वासीलाई गृह जिल्लामा फर्काउने भएको छ । गत वैशाख ११ गतेदेखि डोजर चलाएर विस्थापित सुकुम्बासीमध्ये होल्डिङ सेन्टरमा पठाएका परिवारमाथि छानबिन गर्दै सुकुम्बासीलाई स्थायी ठेगाना भएको जिल्लामा गएर पालिकामा सम्पर्क गर्न सूचना जारी गरेको हो। भूमी समस्या समाधान समितिले सूचना जारी गर्दै ३८८ परिवारका एक हजार ४८८ जनाको सम्पत्ति छानबिन ...
: लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले अवैध लागूऔषध सहित दुई जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४५ वर्षीय दिपक श्रेष्ठ र बझाङ खप्तडछान्ना गाउँपालिका–१ घर भएका ३५ वर्षीय सागर जेठारा रहेका छन् । पक्राउमध्ये दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन १ सय ३६ ग्राम र नगद १ ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांगठनिक सुदृढीकरण, आन्दोलन र पार्टी निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधबार जनकपुरमा नेकपा मधेश प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले मधेसमा बलियो पार्टी बनाउन सकिएमा समग्र देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्ने, अन्यथा ठूलो दुर्घटना व्यहोर्नु पर्ने खतरा ...
: कुनै समय थियो, मालपोत कार्यालयमा सरुवा भएर जाने कर्मचारीलाई ‘भाग्यमानी पोस्टिङ’ भनिन्थ्यो। कार्यालय प्रमुखदेखि सामान्य कर्मचारीसम्म आफ्नो अनुकूलको मालपोत कार्यालय रोज्न राजनीतिक पहुँचदेखि प्रशासनिक शक्ति प्रयोग गर्नेसम्मका प्रयास गरेको प्रशस्तै उदाहरण छन्। मालपोतमा कार्यरत हुनु प्रतिष्ठा, अवसर र प्रभावसँग जोडिएर हेर्ने गरिन्थ्यो। भूमि प्रशासनसँग प्रत्यक्ष जोडिएको मालपोत कार्यालय कुनै बेला अत्यधिक आर्थिक चलखेल, राजनीतिक तथा ...
: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता कर फिर्ता लिने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । प्रधानमन्त्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम