मुख्य समाचार
खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा
खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा

: खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन्।

अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ।

राष्ट्रिय सुरक्षाका विषयमा नाम नखुलाउने सर्तमा ती अधिकारीहरूले सीआईए सुविधाहरूमा भएका आक्रमणमा रुसको प्रत्यक्ष संलग्नताबारे हालसम्म कुनै ठोस निष्कर्षमा नपुगिएको बताएका छन्। तर, आक्रमणको अचुक निशाना, उच्च प्रभावकारिता र इरानलाई रुसले लगातार दिँदै आएको प्राविधिक सहयोगका कारण रुसी संलग्नताको बलियो सम्भावना रहेको उनीहरूको भनाइ छ।




अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार गत मार्च महिनामा खाडी क्षेत्रका कम्तीमा दुईवटा सीआईए ठेगानाहरूमा आक्रमण भएको थियो। जसमध्ये एउटा साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासभित्र रहेको सीआईए स्टेशन र अर्को पूर्वी इराकमा रहेको ठेगाना थियो। केही स्रोतहरूले सीआईएको थप अन्य गोप्य ठेगानाहरूमा पनि क्षति पुगेको दाबी गरेका छन्।

पश्चिमी गुप्तचर निकायको एक आन्तरिक ज्ञापनपत्रले पनि खाडी क्षेत्रका सीआईए सुविधाहरूलाई निशाना बनाउन रुसले सम्भवतः महत्त्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेको छ।

गल्फ क्षेत्रमा कार्यरत दुई पश्चिमी अधिकारीहरूका अनुसार साउदी अरेबियामा भएको आक्रमणमा रुसी प्रविधिद्वारा स्तरोन्नति गरिएका इरानी 'शाहेद' ड्रोनहरूको प्रयोग गरिएको अनुमान छ। एउटा ड्रोनले दूतावासको बाहिरी संवेदनशील पर्खालमा प्वाल पारेको र लगत्तै दोस्रो ड्रोन सोही प्वालबाट भित्र छिरेर विस्फोट भएको जनाइएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको थिएन।

रुसले इरानका 'शाहेद-१३६' ड्रोनहरूको क्षमता र निशाना सुधार्न आफ्नै भू-उपग्रह नेभिगेसन प्रणाली 'कोमेटा-एम' उपलब्ध गराएको बताइएको छ। यो प्रणाली इरानको आफ्नै प्रविधिभन्दा निकै सटीक र 'जामिङ' गर्न कठिन मानिन्छ।यद्यपि, रुसले इरानलाई यस्ता प्रविधि दिएको खबरलाई अस्वीकार गर्दै यसलाई 'झूटो खबर' भनेको छ।

उता सीआईए र ह्वाइट हाउसभित्र भने अर्को गम्भीर बहस सुरु भएको छ। अधिकारीहरूका अनुसार विदेशमा रहेका सीआईए स्टेशनहरूको स्थान अत्यन्तै गोप्य राखिने भएकाले यस्ता संवेदनशील स्थानहरूमा इरानले कसरी सही निशाना लगाउन सक्यो भन्ने विषयमा चिन्ता उत्पन्न भएको छ।

पूर्व सीआईए स्टेशन प्रमुख ड्यानियल होफम्यानका अनुसार, अमेरिका र इरानबीचको तनावका बीच रुसले इरानलाई सहयोग गर्नु अचम्मको विषय होइन। दुवै देशले आ-आफ्नो प्रभाव क्षेत्रबाट अमेरिकी प्रभाव घटाउने साझा रणनीति लिएका छन्। यस विषयमा ह्वाइट हाउसले कुनै प्रतिक्रिया नदिई प्रश्नहरू सीआईएतिर सोझ्याएको छ भने सीआईएले टिप्पणी गर्न अस्वीकार गरेको छ। इरान, रुसी रक्षा मन्त्रालय र साउदी सरकारले पनि यस सम्बन्धमा हालसम्म कुनै आधिकारिक बयान दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम