मुख्य समाचार
नेपालको ब्याटिङमै समस्या
नेपालको ब्याटिङमै समस्या

: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान फ्रयाङलिनले अविजित ७८ रनको पालि खेलेका थिए। उनले ८९ बलमा एक छक्का र आठ चौका हिर्काए। यस्तै माइकल भान लिनगेनले पनि ५१ रनको अर्धशतकीय पालि खेलेका थिए। जान निकोल लफ्टी इटनले अविजित १७ रन जोडेका थिए। नेपालका नन्दन यादव र कप्तान रोहित पौडेलले एक÷एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ५७ रन जोडेको थियो। लगातार विकेट गुमाउँदा नेपाल कम योगफलमा समेटिएको हो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरीले ३०, गुलसन झाले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए। नेपाललाई धराशयी बनाउन नामिबियाका जेजे स्मिथले ६ विकेट लिए। ९.५ ओभर बलिङ गरेका उनले एक मेडनसहित २७ रन खर्चिएर ६ विकेट लिएका थिए। यस्तै ज्याक ब्रासेल र बर्नान्ड सोल्ट्जले दुई÷दुई विकेट हात पारे। शृंखलाअन्तर्गत नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ।

आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल पाँचौं स्थानमा छ। नेपालले २९ खेलमा २४ अंक जोडेको छ। नेपालले २९ खेलमध्ये ११ मा जित र १६ खेलमा हार बेहोरेको छ। दुई खेल रद्द हुँदा एक÷एक अंक बाँडेको छ। ३२ खेलमा ४३ अंक जोडेको अमेरिका तालिकाको पहिलो स्थानमा छ। ३२ खेलमै ३८ अंक जोडेको स्कटल्यान्ड दोस्रो, २८ खेलमा ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो, २८ खेलमा ३१ अंक बनाएको ओमान चौथो, २९ खेलमा २४ अंक हात पारेको नामिबिया छैटौं, २८ खेलमा २४ अंक बटुलेको क्यानडा सातौं र २४ खेलमा १४ अंक बटुलेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौं स्थानमा छन्।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–टु सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता हो। लिग–टुको समाप्तिपछि अंक तालिकाको शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छन्। तालिकाको अन्तिम चार स्थानमा रहने टोलीले भने विश्वकप क्वालिफायरका लागि प्लेअफ खेल्नुपर्ने छ। यसैगरी आईसीसीबाट प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिता महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम