मुख्य समाचार
कटहर टिप्न लाग्दा रुखबाट लडेर एकको मृत्यु
कटहर टिप्न लाग्दा रुखबाट लडेर एकको मृत्यु

: रामेछापमा एक वृद्धाको लडेर मृत्यु भएको छ। लिखु तामाकोशी गाउँपालिका- २ सैपु पुलुमा ७३ वर्षीय हस्तमाया सुनुवारको कटहर झार्नेक्रममा खनिउको रुखबाट लडेर बुधबार मृत्यु भएको हो।

वडा अध्यक्ष सन्तोष पौडेलको अनुसार ओखलढुंगाको खिजिदेम्बा घर भएकी उनी सानीमा लिलामाया सुनुवारको घरमा विगत २०/२५ वर्ष अगाडिदेखि बस्दै आएकी थिइन्। मंगलबार साँझ उनी लडेको स्थानीयले देखेपछि सिरिसे मेडिकल लगेर सामान्य औषधि उपचारपश्चात् नजिक एक जना स्थानीयको घरमा राखिएको थियो । तर भोल

उनको आज मन्थलीमा शव ल्याएर पोस्टमार्टमपश्चात् दाहसंस्कार गरिने वडाअध्यक्ष पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
:सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्रीसम्बन्धी विवादमा कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश जारी गरेको छ। यो आदेशसँगै एनसेलको सेयर खरिद बिक्री विवादको अन्तिम टु्ंगो नियामक निकायले गर्नेछ। न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा ग्रुप र स्पेक्ट्रलाइट युके ...
: कुनै समय थियो, मालपोत कार्यालयमा सरुवा भएर जाने कर्मचारीलाई ‘भाग्यमानी पोस्टिङ’ भनिन्थ्यो। कार्यालय प्रमुखदेखि सामान्य कर्मचारीसम्म आफ्नो अनुकूलको मालपोत कार्यालय रोज्न राजनीतिक पहुँचदेखि प्रशासनिक शक्ति प्रयोग गर्नेसम्मका प्रयास गरेको प्रशस्तै उदाहरण छन्। मालपोतमा कार्यरत हुनु प्रतिष्ठा, अवसर र प्रभावसँग जोडिएर हेर्ने गरिन्थ्यो। भूमि प्रशासनसँग प्रत्यक्ष जोडिएको मालपोत कार्यालय कुनै बेला अत्यधिक आर्थिक चलखेल, राजनीतिक तथा ...
: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता कर फिर्ता लिने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । प्रधानमन्त्री ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका छन् । वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लगायतले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेसको आन्तरिक अवस्थाभन्दा पनि देशको समग्र स्थिति अत्यन्तै नाजुक र भयावह रहेको भन्दै ...
: झापाको दमकमा घरायसी विवादले हिंसात्मक रूप लिँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो २ बजेको समयमा दमक नगरपालिका-१ सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच सामान्य घरायसी विवादपछि झै-झगडा भएको थियो। विवादका क्रममा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम